काठमाडौं १७ फागुन । संखुवासभाको खाँदबारी नगरपालिका–८, पिप्लेमा एक महिलाको शव फेला परेको छ। पिप्लेस्थित आदर्शटोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो।
शनिबार ९फागुन १७० बिहान करिब ५ बजे पोख्रेलले शव घरभन्दा ५०० मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। उनी शुक्रबार बेलुका ८ बजेदेखि हराएकी थिइन्।
पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
उनको शव परीक्षणका निम्ति जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ।








प्रतिक्रिया दिनुहोस्