सिन्धुली, १६ फागुन । सिन्धुलीको दुुधौली नगरपालिकाले शिवरात्रीको अवसरमा शिव भगवान र बुद्ध भगवान तथा दुधौली लेखेको पहिचान अनावरण गरेको छ ।
नगरपालिकाद्धारा शहिद स्मृति शान्तिपार्कमा निर्मित शिव र बुद्धको मुर्तीमा अनावरण गरिएको हो । दुधौली नगरका प्रमुुख दिनेश अधिकारीले शिव र बुद्ध तथा दुधौली लेखेको कार्यक्रममको अनावरण गरेका हुन् । दुधौलीलाई उत्कृष्ट नगर बनाउन सफल प्रमुख अधिकारीले आगामी दिनमा दुधौलीलाई नमुना नगर बनाउने दावी गरे। कार्यक्रममा उपमेयर चन्द्रकिशोर थारु, बागमती प्रदेश प्रमुख , सिन्धुुली जिल्ला समन्वय पुर्व उपप्रमुुख सम्झना अधिकारी, १० वडाका अध्यक्ष कुमार शर्मा, कार्यपालिका, राजनीतिकदलका प्रतिनिधिहरु , कर्मचारी लगायको उपस्थितीमा कार्यक्रमको समुदघाटन गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्