ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक – प्रकाशमान सिंह


एबीसी न्यूज

काठमाडौं १५ फागुन । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

बिहीबार ललितपुरमा नेपाल अंग्रेजी भाषा शिक्षक संघको २९औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरबीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्ने बताएका हुन् ।

विगतभन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको भन्दै नेपालमै गुणस्तरीय शिक्षा लिनसक्ने अवस्था बन्नु सुखद् रहेको सिंहको भनाइ छ ।

शैक्षिक नीति सुधारमा अंग्रेजी भाषा नीति र अंग्रेजी भाषा शिक्षाको क्षेत्रमा योगदान गर्न पनि संघलाई आग्रह गरे ।

‘नयाँ शैक्षिक नीतिहरूको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरबी मार्फत शिक्षाको गुणस्तर वृद्धि गर्नु सामूहिक प्रयास हुनुपर्छ भन्ने मेरो मत छ । पाठ्यक्रम, सिकाइ सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग हात मिलाएर नै काम गर्नुपर्छ,’ उनले भने ।

सन् १९९२ मा स्थापना भएदेखि नै नेपालमा अंग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन एसोसिएसनले खेलेको भूमिकाको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रमा अंग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न पनि आग्रह गरे ।

ललितपुरमा आजदेखि सुरु भएको सम्मेलन ३ दिनसम्म चल्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

सम्बन्धित

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

ओली : जेन जी आन्दोलन सुनियोजित षड्यन्त्र, संसद् भवनमा असामाजिक तत्वको आक्रमण(आरटीसँगको अन्तर्वार्ता)

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक

पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ–पूर्णबहादुर खड्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com