काठमाडौं १४ फागुन । नेपाली सेनाले काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गरी आफ्नो २६२औँ दिवस मनाएको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन आफ्नो दिवस मनाउँदै आएको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ व्यक्तित्वहरू पनि सहभागी भएका छन् । समारोहमा सेनाले परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेको छ ।
नेपाली सेनाको वार्षिकोत्सव समारोहमा नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्वस्थलसेनाध्यक्ष पनि सहभागी भएका छन् । पूर्व स्थलसेनाध्यक्षहरू जनरल जोगिन्दर जसवन्त सिंह, जनरल दीपक कपुर, जनरल डा। विजयकुमार सिंह, जनरल दलवीर सिंह सुहाग, जनरल मनोज मुकुन्द नरवणे र जनरल मनोज पाण्डे हिजै नेपाल आएका हुन् ।
नेपाली सेनाको साङ्ठनिक स्वरूप १८१९ सालदेखि शुरू भएको हो । यस्तै संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि शुरू भएको हो ।







प्रतिक्रिया दिनुहोस्