ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगीसँग निजी ‘बेनिफिट’ लिएको भन्दै ऊर्जामन्त्री खड्कासहित ३ जनाविरुद्ध अख्तियारमा उजुरी


एबीसी न्यूज

काठमाडौं १४ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

समृद्धिका लागि सुशासन अभियानका संयोजक पवित्रमणि शर्माले उद्योगीसँग निजी लाभ लिएको आरोप लगाउँदै छानबिनको मागसहित उजुरी दिएका हुन्।

उजुरीमा ऊर्जामन्त्री खड्का, विद्युत् नियमन आयोगका अध्यक्ष राम प्रसाद धिताल र ऊर्जासचिव सुरेश आचार्यले अनियमितता गरेकाले छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ।

‘पछिल्लो समय विद्युत् नियमन आयोगलाई हतियार बनाएर पटक पटक विद्युत् प्राधिकरणलाई निर्देशन दिने काम भएको देखिन्छ’, उजुरीमा भनिएको छ, ‘आयोगले पनि विद्युत् बक्यौता रकमको ५ प्रतिशतका दरले हुन आउने रकम शुल्कबापत लिई प्राधिकरणलाई पत्र लेख्नुपर्ने प्रावधानविपरीत यसका अध्यक्ष रामप्रसाद धितालले उद्योगीसँग निजी बेनिफिट लिई पटक पटक पत्राचार गरेको देखिन्छ।’

यसमा ऊर्जामन्त्री खड्का, अध्यक्ष धिताल र दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारीअधिकृत विमल गुरुङलाई हटाउन अख्तियार क्षेत्रबाहिर गएर सचिवस्तरीय निर्णय भएकोले छानबिन गर्नुपर्ने उजुरीकर्ताको माग छ।

ऊर्जा मन्त्रालयले आयोगलाई र आयोगले प्राधिकरणलाई तथा मन्त्रालयले सिधै प्राधिकरणलाई पटक पटक काटेका पत्रसमेत उजुरीसँगै पेस गरिएको छ।

अख्तियारले उक्त उजुरीलाई सी–०५०१७३ नम्बरमा मंगलबार दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

सम्बन्धित

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

केन्द्रीय कार्य समितिमा पूर्णबहादुरको ब्रिफिङः गगन–विश्वले धोका दिए, पार्टी फुटतिर गयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com