ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ मा स्मार्ट सिटीको लागि सम्भाव्यता अध्ययन शुरु-मुख्यमन्त्री राई


admin
चैत्र ५, २०७४ सोमबार  ४ : २५ बजे

विराटनगर, ५ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा स्थिर सरकार निर्माण भएकाले विदेशी लगानी भित्रिने विश्वास व्यक्त गर्नुभएको छ ।

लगानी बोर्ड र प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यालयले आज यहाँ गरेको छलफल कार्यक्रममा उहाँले प्रदेश नं १ मा विदेशी तथा स्वदेशी लगानी भित्र्याउन सहज हुने गरी प्रदेश सरकारले ऐन कानून ल्याउन लागेको जानकारी पनि दिनुभयो ।

मुख्य मन्त्री राईले प्रदेश नं १ मा स्मार्ट सिटी, केवलकार तथा मोनो रेललगायतका पूर्वाधार बनाउन प्रदेश सरकारले सम्भाव्यता अध्ययन शुरु गरिसकेको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकार लगानीमैत्री वातावरण बनाई यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले सरकारले लगानीकर्तालाई सहज हुने गरी योजना बनाउन सुझाव दिनुभएको थियो ।

सो अवसरमा प्रदेश नं १ का मन्त्री, प्रदेश सदस्य, विभिन्न मन्त्रालयका सचिव तथा उद्योगी व्यापारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com