काठमाडौं, ११ फागुन । पुर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेड ३६ औं बर्षमा प्रवेश गरेको छ ।
गत शुक्रबार कम्पनीको केन्द्रिय सम्पर्क कार्यालय, बुद्धनगरमा धार्मिक अनुष्ठानसहितको कार्यक्रम आयोजना गरि ३६ औं बार्षिकोत्सव मनाइएको थियो । योजनाबद्ध आवास तथा वस्ती विकास गर्ने उद्देष्यका साथ साविकको नेपाल पुनर्वास कम्पनीलाई २०४६ फाल्गुन ९ गते ग्रामिण आवास तथा बस्ति विकास कम्पनि लिमिटेडमा रुपान्तरण गरिएको थियो । २०६९ सालमा यसको नाम परिवर्तन गरि राष्ट्रिय आवास कम्पनी लिमिटेड कायम गरिएको हो ।
कम्पनीको स्वामित्वमा अहिले कञ्चनपुर, झापा, बर्दिया, काभ्रे, कैलाली, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा करीव तीन हजार दुई सय बिघा जमिन रहेको छ ।








प्रतिक्रिया दिनुहोस्