ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानका १७ प्रतिशत नागरिकसँग मात्रै राहदानी रहेको तथ्याङ्क


एबीसी न्यूज
फाल्गुन १०, २०८१ शनिबार  १२ : ३९ बजे

जापानका हरेक ६ जना नागरिकमध्ये एक जनासँग मात्रै वैध राहदानी रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यो सङ्ख्या राहदानी भएका अमेरिकीको आधाभन्दा निकै कम हो तर सन् १९९० को झन्डै ५ प्रतिशतबाट भने बढेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । छिमेकी देश दक्षिण कोरियामा यो सङ्ख्या ६० प्रतिशतको हाराहारीमा रहेको छ ।

सन् २०२४ को डिसेम्बरसम्ममा २ करोड १६ लाख वैध जापानी राहदानी प्रचलनमा रहेको र यो कुल जनसङ्ख्याको झन्डै १७ दशमलव ५ प्रतिशत रहेको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ महामारीअघि झन्डै एक चौथाइ जापानीसँग वैध राहदानी रहेको खबरमा उल्लेख छ । यसवर्षको हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार सिङ्गापुरपछि दक्षिण कोरिया र जापानको राहदानी विश्वकै दोस्रो बलियो राहदानी हो ।

कोभिड–१९ महामारीकालको क्वरेण्टीन र सीमा नाका बन्द भएपछि जापानबाट बाहिरिने यात्रा क्रमशः पुनः शुरू भएको मन्त्रालयले जनाएको छ । तर विगत ५ वर्षमा आफ्नो मूल्यको एक तिहाइ हिस्सा गुमाइसकेको येनको कमजोरीले जापानी यात्रुलाई मुद्रास्फीति र आन्तरिक यात्रामा नयाँ चासोका कारण रोकेको विश्लेषकहरू बताउँछन् ।

सन् १९९० मा जापानबाट १ करोड जनाभन्दा धेरै मानिस विदेश गएका थिए भने महामारीअघि यो सङ्ख्या बढेर २ करोड पुगेको थियो । जापानको शीर्ष ट्राभल एजेन्सी जेटीबीका अनुसार यो वर्ष झन्डै एक करोड ४१ लाख जापानीले विदेश भ्रमण गर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com