पोखरा, ९ फागुन । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान उल्ट्याउने खेलमा लागेको आरोप लगाएका छन । तमु राष्ट्रिय मुक्ति मोर्चा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी ओली संविधान उल्ट्याउने खेलमा लागेको आरोप लगाएका छन ।
संविधान बनाउदा आफुहरुको रापताप ठूलो भएको बताउदै त्यतिबेला संविधान सभा र समावेसिता मन नपरेको र माओवादीको रापतापकै कारण उनले संविधान सभा मानेको भएतापनि अहिले फेरि संविधान उल्ट्याउने चलखेलमा केपी ओली लागिरहेको उनको आरोप रहेको थियो ।
एक थरी यथास्थितीबादी दलाल प्रतिकृयाबादीले संविधानमा भएका प्रगतिशिल र जनपक्षिय कुरालाई उल्ट्याउन चाहेको र प्रतिकृयावादी गणतन्त्रमा सिमित गर्न चाहेको प्रचण्डको भनाइ थियो । गणतन्त्रलाई जनताको गणतन्त्रमा उकास्न माओवादीले चाहेको बताउदै प्रचण्डले अहिले एमाले र कांग्रेस भित्र अहिलेको गणतन्त्रलाई सिमित गणतन्त्रमा राख्न चाहेको समेत बताए ।
जनताले तागत दिएको खण्डमा तपाइहरुको चाहाना अनुसार तमुवान प्राप्त गर्न सक्ने बताउदै नेपाली जनताले सवै अनुभवबाट कुरा बुझिसकेकाले पुन एक पटक चुनवाङ बैठकमा फर्किन आवश्यक रहेको समेत बताए ।
चुनवाङ बैठक एक क्लाइमेक्स भएकाले त्यस तर्फ सम्पूर्ण माओवादीहरु चुनवाङ बैठककमा उठेका कुरालाई आत्मसाथ गर्न आवश्यक रहेको बताए । चुनवाङ बैठकमा आफुले गणतन्त्र आएपनि बुर्जुवा गणतन्त्र हुने गरेको कुरा राखेको स्मरण गराउदै अहिले एक थरी यथास्थितीबादी दलाल प्रतिकृयाबादीले संविधानमा भएका प्रगतिशिल र जनपक्षिय कुरालाई उल्ट्याउन चाहेको र प्रतिकृयावादी गणतन्त्रमा सिमित गर्न चाहेको प्रचण्डको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्