काठमाडौं ६ फागुन । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेपछि भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी० ले तीन कर्मचारीलाई निलम्बन गरेको छ।
केआईआईटीले मंगलबार विज्ञप्ति जारी गरी दुई जना वरिष्ठ छात्रावास अधिकारी र एकजना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय आईआरओ० का वरिष्ठ प्रशासनिक अधिकारीलाई घटनाको अनुसन्धान नटुंगिँदासम्म निलम्बन गरिएको हो।
केआईआईटीमा बी(टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन्।
त्यसपछि न्याय माग्दै त्यहाँ पढ्ने नेपाली विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएका छन्।








प्रतिक्रिया दिनुहोस्