ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरु तस्करी प्रकरण: चौकी इन्चार्जसहित ३ प्रहरीलाई जिम्मेवारीबाट हटाइयो


एबीसी न्यूज

काठमाडौं ६ फागुन । हेटौँडा हुँदै अवैध रूपमा गोरु तस्करी प्रकरणमा हेटौँडा(१५ रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ।

हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरण छानबिनका लागि इन्चार्ज फुयाँलसहित प्रहरी सहायक हवलदार विपिन कुशवाहा र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले ३ जनालाई छानबिनका लागि जिम्मेवारीबाट हटाएर जिल्ला तानिएको जानकारी दिए।

गोरु तस्करीमा प्रहरीकै संलग्नताका रहेको आशंकापछि छानबिन गर्न उनीहरूलाई जिल्ला तानिएको उनले बताए। सो विषयमा प्रक्रियागत रूपमा छानबिन भइरहेको उनले जानकारी दिए।

आइतबार राति चितवनबाट हेटौँडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा। ब्रजकिशोर ठाकुरको पहलमा बाराको पथलैयाबाट नियन्त्रणमा लिएको थियो।

उक्त घटनामा प्रहरीले नै स्कर्टिङ गरेर तस्करी भइरहेको गोरुसहितको बा। प्र। ०३(००१ ख १४२४ नम्बरको ट्रक रातोमाटे चौकीबाट भगाएर चुरियामाई नाका कटाएको दाबी ठाकुरको छ।

आइतबार राति ११ बजे गाडी नियन्त्रणमा लिएर मकवानपुर ल्याइएको थियो। छानबिन गर्दा गाडीमा २५ वटा जर्सीक्रस गोरु भेटिएका थिए।

ती गोरुका लागि लक्ष्मी चौपाया सप्लायर्स, हेटौँडा(१६, को नाममा बिल जारी गरिएको पाइएको छ भने प्रतिगोरु ५ हजार रुपैयाँको बिल बनाएर कृषि प्रयोजनका लागि देखाइएको छ।

यता भेटेरीनरी प्रमाणपत्रमा आबुँखैरेनी, तनहुँका भीम राईको नाम उल्लेख छ। जसमा डा। टीकाराम न्यौपानेको हस्ताक्षर छ। नेपालबाट गोरु तस्करी गरी भारत हुँदै बंगलादेशसम्म मासु प्रयोजनका लागि पठाउन लगिएको हुन सक्ने अनुमानमा गोरु नियन्त्रणमा लिइएको उनले बताए।

उक्त घटनाको छानबिन गर्न कार्यालयले आन्तरिक राजस्व कार्यालय र हेटौँडा उपमहानगरपालिकालाई समेत पठाउने गरी प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

सम्बन्धित

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमुल्लाहको नाम

गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com