ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखमा ११ वर्षीय बालकको आफ्नै साथीहरूबाट हत्या


एबीसी न्यूज

काठमाडौं ५ फागुन । दैलेखमा ११ वर्षीय एक बालकको हत्या भएको छ। दुल्लु नगरपालिका–५ घर भएका शमबहादुर दशौंदीका ११ वर्षीय छोरा खेमराज दशौंदीको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

गत माघ २५ गते हराएका ती बालकको शव आफ्नै साथीहरूले हत्या गरेर गाडेको अवस्थामा शनिबार प्रहरीले फेला पारेको हो।

सँगैका साथीले हत्या गरेर बालकको शव घर नजिकै रहेको बाँसघारीमा गाँडेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

माघ २५ गतेदेखि सम्पर्कविहीन भएका राजनलाई खोजी गरिदिन अभिभावकले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए।

हराएका बालकको हुलिया परिपत्र गरी प्रहरीले खोजतलास गरेको थियो। अनुसन्धानको क्रममा उनीसँगै रहेका साथीहरूले हत्या गरेको पत्ता लागेको प्रहरीको भनाइ छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले २ बालकलाई पक्राउ गरेको छ। उनीहरूले हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चोरी गरेर ल्याएको सुनको गहना ९तिलहरी० बिक्री गर्ने विषयमा विवाद हुँदा ती बालकलाई आफ्नौ साथीले माघ २५ गते राति नै हत्या गरेर घरनजिकै रहेको खोलामा खाल्डो खनी गाडेका थिए।

फागुन ३ गते प्रहरी टोली घटनास्थलमा पुगेर खाल्डो खनेर उनको शव निकालेको हो।

‘अनुसन्धान गर्ने क्रममा बाँसघारी नजिकैको खोल्साको छेउमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले भने, ‘गाडेको अवस्थामा हराएका भनिएका बालकको शव फेला परेको छ। घटनामा संलग्न दुई बालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ।’

उनीहरूविरुद्ध जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरी निरीक्षक सुनारले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

सम्बन्धित

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

नेपाली कांग्रेसको नयाँ अध्याय: गगन थापाको नेतृत्वमा वैधानिकता दौड र आगामी चुनौतीहरू

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमुल्लाहको नाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com