ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस र एमालेले चाहँदैमा संविधान संशोधन सहज छैन – पन्त


एबीसी न्यूज

काठमाडौं ३ फागुन । नेकपा एमालेका सांसद रघुजी पन्तले कांग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन नसक्ने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संविधानमा रहेका असन्तुष्टिहरू अहिले आएर व्यक्त भइरहेको उल्लेख गरे।

नेता पन्तले अहिले आएर कांग्रेस र एमालेको दुई तिहाई पुग्छ संशोधनको प्रयास शुरु गरौँ भनेर पहलकदमी भइरहेको बताए। संविधान संशोधनका स्पष्ट बुँदाहरु बाहिर नआइसकेको पनि उनका भनाई थियो।

‘कांग्रेस र एमालेले चाहँदैमा चाहेकै जसरी संविधान संशोधन अघि बढ्ला भन्नेकुरामा प्रश्न छ। अध्यादेशकै विषयलाई लिएर राष्ट्रिय सभाको कम्पोज्सिनलाई लिएर कुनै पास हुने र कुनै नहुने खालको स्थिति देखिएको छ। छलफल जरुरी र संशोधनको दिशातिर सर्वसहमतिले गर्ने भन्ने हो’ उनले भने, ‘नेपाली कांग्रेस र एमालेलाई के लागेको छ भने दुई तिहाई पुग्छ भने संविधान संशोधन गरौँ भन्ने छ। यद्यपि त्यसमा धेरै होमवर्क भएर संविधान संशोधनका स्पष्ट बुँदाहरु बाहिर आइसकेका छैनन्। तर कतिपय कुराहरु संशोधन गर्न सकिन्छ भनेर गर्ने भनेर लागिएको छ।

उनले नेपालमा अहिलेसम्म बनेका संविधानहरु संशोधन नभइकन कुनै नबाँचेको स्पष्ट पारे।

सांसद पन्तले संविधानलाई बचाउन पनि संशोधन आवश्यक रहेको बताए। सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रिय सभाबाट पारित हुन जटिलता उत्पन्न भइरहेको उनको भनाई थियो।

उनले भने, ‘नेपालमा जुन संविधान संशोधन भएको छैन, त्यो संशोधन नभएको संविधान बाँचेको छैन। यो संविधानलाई बचाउन पनि संशोधन आवश्यक छ। हामी रिफर्म भएनौँ भने जान्छौँ। समयानुसार परिवर्तन हुनुपर्छ। संविधान पनि त्यही हो। संविधान संशोधन त्यति साह्रै सहज पनि देखिरहेको छैन।’

सांसद पन्तले संविधान संशोधनको बहस र छलफल आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com