ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पाँच वटा प्रदेशको हिमाली क्षेत्रमा हिमपात र एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना


एबीसी न्यूज

काठमाडौं ३ फागुन । आज पाँच वटा प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेपनि बाँकी ठाउँको मौसम मुख्यतया सफा रहेको छ ।

मौसमविद् गोविन्द झाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज पनि तराईका केही ठाउँमा हुस्सुरकुहिरो रहेको छ ।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । आज काठमाण्डौको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ ।

यसपाली छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात हुन सकेको छैन । हिउँदे वर्षा र हिमपात नहुँदा हिउँदे कृषि उपजसहित वातावरणमा गम्भीर प्रभाव पर्ने देखिएको छ ।

नार्कको राष्ट्रिय कृषि वातावरण तथा अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिनमार्फत सरदरभन्दा कम वर्षा र तापक्रम बढी रहेको भन्दै सबै किसिमका बाली, फलफूल र तरकारीको अनुगमन गरी सिँचाइको व्यवस्थापन गर्न तथा चिस्यान संरक्षणका आवश्यक उपायहरु अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com