काठमाडौं १ फगुन । नेपाल समाजवादी पार्टी नयाँ शक्ति पार्टीका नवनिर्वाचित पदाधिकारीले शपथ लिएका छन् ।
काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीले शपथ लिएका हुन् । पार्टी अध्यक्षमा निर्वाचित भएका अध्यक्ष डा। बाबुराम भट्टराईलाई निर्वाचन अधिकृतले शपथ गराएका थिए । त्यसलगत्तै पार्टी अध्यक्ष भट्टराईले निर्वाचित पदाधिकारीलाई शपथ गराएका थिए ।
नेपाल समाजवादी पार्टी नयाँ शक्ति पार्टीको अध्यक्षमा डा। बाबुराम भट्टराईले ८०२ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेत्र चापागाईंले जम्मा ७१ मत पाएका थिए ।








प्रतिक्रिया दिनुहोस्