ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षामन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट


एबीसी न्यूज
फाल्गुन १, २०८१ बिहीबार  ४ : ०९ बजे

काठमाडौं १ फगुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा शिक्षामन्त्री भट्टराईले हाल समकक्षताका विषयमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने, यसका लागि विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्ने बताउनुभयो।

मन्त्री भट्टराईले नेपालको शिक्षाक्षेत्रमा सहयोग गर्ने तत्परताका साथै शिष्टाचार भेटका लागि राजदूतको टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो। भेटमा राजदूत फेनले नेपालको शिक्षाक्षेत्रमा बेलायत सरकारको तर्फबाट गर्न सकिने सहयोग, बेलायतमा अध्ययन गरी नेपाल फर्किएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिनुपर्ने व्यवस्था र यसमा देखिएका जटिलताबारेमा चासो व्यक्त गर्नुभयो।

नेपालको उत्पादनशील जनशक्तिलाई स्वदेशमा नै गुणस्तरीय शिक्षा प्रदान गरी रोजगारमूलक बनाउने, नेपालको अर्थतन्त्रमा डायस्पोरालाई जोड्ने विषयमा सहयोग गर्न सकिनेलगायतका विषयमा उहाँले आफ्नो विचार राख्नुभयो। भेटमा ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर रष्टम मोडीसहित अन्य कूटनैतिक व्यक्तित्वहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

सार्वजनिक जग्गामा बनेका घरटहरा तत्काल खाली गर्न प्रशासनको उर्दी, वैशाख १८ गते डोजर चल्ने

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com