काठमाडौं १ फगुन । काठमाडौँको बबरमहलमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ। नेपाल विद्युत् प्राधिकरणले विद्युतका तारहरू अण्डर ग्राउण्ड गर्नका लागि ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो।
पाइप फुटेपछि केही सरकारी कार्यालय र स्थानीय बस्ती जलमग्न भएको थियो। पाइप फुटेपछि तत्काल थालिएको मर्मत कार्य २० घण्टापछि बिहीबार दिउँसो सकिएको खानेपानी मन्त्री प्रदीप यादवले बताए।
उनका अनुसार अहिले पानी परीक्षण सुरु भएको छ। परीक्षण सम्पन्न भएपश्चात् खानेपानी वितरण प्रक्रिया पुनस् सुचारु गरिने मन्त्री यादवले जानकारी दिएका छन्।
पाइप फुटेलगत्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मिनभवन टयांकीबाट खानेपानी वितरण हुने शंखमुल, बुद्धनगर, आलोकनगर, नयाँ बानेश्वरलगयातका स्थानमा नियमित पानी वितरण रोकेको छ।








प्रतिक्रिया दिनुहोस्