ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आहारारा पोखरा गोल्डकपको २५०औं खेलमा भिड्दै पुलिस र चर्च ब्वाइज


एबीसी न्यूज
माघ ३०, २०८१ बुधबार  १० : १२ बजे

काठमाडौं ३० माघ । नेपाली फुटबलमा आहारारा पोखरा गोल्डकपको छुट्टै इतिहास छ । यसले नेपाली फुटबलमा पनि राम्रो योगदान गरेको छ । क्याराभान गोल्डकपको नामबाट २०५८ सालमा सुरु भएको आहारारा गोल्डकप अहिले जवान भइसकेको छ ।

अहिले पोखरामा २४औ संस्करण चलिरहँदा यसले अर्को इतिहास रच्दैछ । आहारारा पोखरा गोल्डकपको २५०औं खेल आज हुँदैछ । २४औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच आज बुधबार हुँदैछ ।

पोखरा रंगशालामा बुधबार पुलिस र चर्च ब्वाइज मैदान उत्रँदा यस प्रतियोगिताले पनि एउटा कोशेढुंगा पार गर्नेछ । अनि त्यो इतिहासको साक्षी बन्ने दुई क्लबको पनि रोचक इतिहास छ ।

पुलिस सुरूवाती क्याराभान कपको च्याम्पियन । लगातार तीन पटक आहारारा पोखरा गोल्डकप जितेर उपाधिमा ह्याट्रिक गर्ने पहिलो र एकमात्र टोली ।
अनि मनाङ मर्स्याङ्दी समान सर्वाधिक ६ पटक उपाधि जितेर सबैभन्दा सफल टोली । अहिलेसम्म भएका २४ मध्ये २०६३ साल बाहेक सबै संस्करण खेल्ने एक्लो टोली ।
उता चर्च ब्वाइज नेपाली घरेलु फुटबलमा उदाउँदै गरेको क्लब । पछिल्लो पटक भएको सहीद स्मारक ए डिभिजन लिगको विजेता हो चर्च ब्वाइज । चर्च ब्वाइजको इतिहासम त्यति मात्र होइन चर्च ब्वाइजले सी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर मनाङ मर्स्याङ्दीले राखेको कीर्तिमान समेत बराबरी गरेको थियो ।ऐतिहासिक खेलका लागि पुलिस र चर्च ब्वाइज जत्तिको टोली अरु कुन होला ररु

सुरूमा क्याराभान गोल्डकपको रूपमा प्रतियोगिता स्थापना हुँदा पहिलो खेल आयोजक सहाराको सहारा सेतो र नक्साल युवा मण्डलबीच भएको थियो । उक्त खेलमा सहारा सेतो १(० ले विजयी भएको थियो ।

यस्तै प्रतियोगिताको ५०औं खेल २०६२ सालमा मनाङ मर्स्याङ्दी र एपीएफबीच भएको खेल मनाङले २(१ ले जितेको थियो । प्रतियोगिताको १००औं खेल २०६७ सालमा सहारा क्लब र धरान एफसीबीच भएको उद्घाटन खेल थियो । उक्त खेलमा सहारा २(१ ले विजयी भएको थियो ।

१५०औं खेल २०७१ सालमा भएको थ्रीस्टार र झापा ११ बीचको थियो । उक्त खेलको नतिजा थ्री स्टारको पक्षमा थियो २(०। २०७६ सालमा मनाङ र झापा ११ बीच भएको खेल आहरारा पोखरा गोल्डकपको २००औं खेल थियो । अब २५०औं खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच हुनेछ ।

२०५८ सालदेखि २०७४ सालसम्म हरेक संस्करणमा ११(११ खेल भएका थिए । त्यसपछि केही संस्करणमा टिम संख्या घट्यो । जसले गर्दा २०७५, ७६, ७८ र ७९ सालमा १० टिम मात्र सहभागी भए भने २०७७ सालमा जम्मा ८ टिमले खेलेका थिए ।

१० टिम सहभागी हुँदा ९(९ खेल भए भने ८ टिम सहभागि हुँदा ७ खेल मात्र भए । गत वर्ष देखि अर्थात २०८० सालदेखि फेरि १२ टिम नै सहभागी हुन थालेका थिए र त्यसले यस संस्करणमा पनि निरन्तरता पाएको छ ।

पुलिसको ५०औं खेल

आहारारामा आजको खेलमा अर्को पनि इतिहास बन्नेछ । त्यो अरू कुनै क्लब नभएर नेपाल पुलिस क्लब नै हो । नेपाल पुलिस क्लबले पनि आहरारामा आफ्नो ५०औं खेल खेल्नेछ ।

पुलिस ५०औं खेल खेल्ने दोस्रो क्लब हुनेछ । मनाङ मर्स्‍याङ्दीले सर्वाधिक ५२ खेल खेलिसकेको छ । यसपटक भने मनाङ सहभागी भएन । यसअघि २०६४ र ६५ सालमा पनि मनाङ सहभागि थिएन । मनाङ १६ वर्षपछि आहारारामा सहभागी नभएको हो ।

अहिलेसम्म २३ पटक ९२४औं संस्करणसहित० सहभागी हुँदा ६ पटक उपाधि जितेको पुलिस यसअघि खेलेका ४९ खेलमध्ये ३३ खेल जितेको छ भने १६ खेलमा मात्र पराजित भएको छ ।

पुलिसले १० पटक फाइनल खेल्दा ६ पटक उपाधि जित्न सफल भएको थियो भने ४ पटक फाइनलमा पराजित भएको थियो । यसैगरी ४ पटक सेमिफाइनलमा पराजित हुँदा ५ पटक क्वाटरफाइनलमा पराजित भएको छ । ३ पटक भने पुलिस पहिलो चरण अर्थात प्रि क्वाटरफाइनलमै पराजित भएको थियो ।

पुलिसले सुरूवाती ३ संस्करणमा ८ खेलमा अपराजित थियो । नवौँ खेलमा मनाङ मर्सयाङ्दीसँग पराजित भएको थियो ।

त्यसपछि पुलिसले २०६४ देखि २०६६ सालसम्म लगातार तीन पटक उपाधि जित्दा पुलिसले लगातार ९ खेल जितेको थियो । २०६७ सालमा पनि आफ्नो पहिलो खेल जितेर लगातार १० खेल जितेको पुलिस त्यस संस्करणमा सेमिफाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।

पुलिसले पछिल्लो पटक २०७४ सालमा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नयाँ मन्त्रीहरूको शपथ आजै

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित)

सम्बन्धित

नयाँ मन्त्रीहरूको शपथ आजै

विश्वले नियालिरहेको वार्ता: इस्लामाबादमा कस्तो छ तयारी

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com