ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले वार्ता सुनिश्चित गरे रूससँग जमिन साटफेर गर्न तयार छु : जेलेन्स्की


एबीसी न्यूज

काठमाडौं ३० माघ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न तयार रहेको बताएका छन् । मंगलबार बेलायती पत्रिका द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा उनले यदि ट्रम्पले रूस र युक्रेनलाई एउटै मञ्चमा ल्याउन सफल भए यस्तो सम्भव रहेको बताएका हुन् ।

युक्रेनले अगस्ट २०२४ मा रूसको कुर्स्क क्षेत्रमा हमला गरेर करिब १३०० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको थियो। पछि रूसले प्रतिकार गर्दै आफ्नो आधाभन्दा बढी फिर्ता लिएको छ। जेलेन्स्कीका अनुसार युक्रेनले अझै ठूलो रूसी भूभाग नियन्त्रणमा राखेको छ जसलाई उनी रूससँग सम्झौताका लागि प्रयोग गर्नेछन्।
‘हामी उनीहरूको भूमि साटेर हाम्रो भूमि फिर्ता ल्याउनेछौं,’ उनले भने । तर, उनले युक्रेनले बदलामा कुन भूभाग माग्नेछ भन्ने बारे केही खुलाएनन् । ‘मेरो लागि युक्रेनको हरेक इन्च भूमि महत्वपूर्ण छ। अहिले कुनै निश्चित स्थानबारे सोचिएको छैन,’ उनले भने ।

रूसले सन् २०१४ मा क्रिमिया र सन् २०२२ मा डोनेट्स्क, खेरसोन, लुगान्स्क र जापोरीज्जिया युक्रेनका पाँच क्षेत्रहरू कब्जा गरिसकेको छ ।

ट्रम्पको आगमनले बदलिएको मनोविज्ञान

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणपछि रूस(युक्रेन युद्ध अन्त्य हुने सम्भावना बारे बहस तीव्र भएको छ। चुनावी अभियानमा ट्रम्पले ‘शपथ लिएपछि २४ घण्टाभित्र युद्ध रोक्ने’ दाबी गरेका थिए।

गएको महिनामा ट्रम्पका विशेष शान्ति दूत कीथ केलोगले ट्रम्प प्रशासनको पहिलो १०० दिनभित्र युद्ध अन्त्य गर्ने लक्ष्य लिएको बताएका थिए ।

जेलेन्स्कीले फेब्रुअरी १४ मा म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग भेट्ने योजना रहेको बताए ।

भेन्स युक्रेनलाई अमेरिकी सैन्य सहायता दिने नीतिको आलोचना हुन् । सत्ता सम्हालेपछि उनी युक्रेनमाथि युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन्।

जेलेन्स्कीले अमेरिकी सहयोगबिना उनीहरू युद्ध लड्न नसक्ने स्वीकारे । ‘कतिपय भन्छन् कि अमेरिका नभए पनि युरोपले युक्रेनलाई सुरक्षा दिन सक्छ, तर यो सत्य होइन। अमेरिकाबिना युक्रेनको सुरक्षा असम्भव छ,’ उनले भने ।

जेलेन्स्कीले मागे सुरक्षा ग्यारेन्टी

ट्रम्पले सोमबार भने कि उनले चाँडै नै विशेष दूत कीथ केलोगलाई युक्रेन पठाउनेछन्। केलोगलाई युद्ध रोक्नको लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ। तर, जेलेंस्की कुनै सम्झौतामा पुग्नुअघि अमेरिकाबाट कडा सुरक्षा ग्यारेन्टी चाहन्छन्।

जेलेन्स्कीले अमेरिका सुरक्षा दिन तयार नभए रूस पुन शक्तिशाली भएर नयाँ आक्रमणको तयारीमा लाग्ने भय प्रकट गरे । त्यसैले उनी युक्रेन(रूस सीमामा शान्ति सेना चाहन्छन्, अन्यथा युक्रेनको नाटो सदस्य ।

जेलेन्स्कीले अमेरिकालाई युक्रेनको पुनर्निर्माणमा संलग्न गराउन अमेरिकी कम्पनीहरूलाई आकर्षक अफर दिने प्रस्ताव गरेका छन्। उनले भने, ‘जो कोही युक्रेनलाई बचाउन चाहन्छ, म तिनीहरूसँग विस्तृत छलफल गर्न तयार छु।’

ट्रम्पको आँखा युक्रेनको दुर्लभ खनिजमा

ट्रम्पले सोमबार पुनः युक्रेनका खनिज स्रोतहरू लिन चाहेको संकेत गरे। उनले भने, ‘यदि युक्रेनले अमेरिकी सहायता चाहन्छ भने उसले ५०० अर्ब डलर बराबरको दुर्लभ खनिज अमेरिकालाई दिनुपर्छ।’

उनले जेलेन्स्कीलाई चेतावनीको भाषा प्रयोग गर्दै भने, ‘यदि उनले मेरो प्रस्ताव स्वीकार गरेनन् भने अमेरिका युक्रेनलाई सहायता दिन बन्द गर्नेछ।’

ट्रम्पले भने, ‘अमेरिकी सहायता बिना युक्रेन कमजोर हुनेछ। त्यसपछि कुनै पनि दिन रूसले उसलाई आफ्नो अधिनमा लिन सक्छ।’

उनले यसअघि पनि अमेरिकाले तीन वर्षदेखि युक्रेनलाई आर्थिक सहायता दिइरहेको भन्दै अब युक्रेनले दुर्लभ खनिज दिएर ऋण तिर्नुपर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com