ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा २४ घन्टामा ६ ठाउँमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते


एबीसी न्यूज

काठमाडौं ३० माघ । पछिल्लो २४ घन्टामा बागमती प्रदेशको चितवनमा भएका फरकपरक दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय, बागमतीले उपलब्ध गराएको तथ्यांकअनुसार चितवनमा मात्रै एकै दिन ६ वटा सवारी दुर्घटना भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार चितवनको भित्री सडक खण्डमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा।प्र।०३(००२ प ५५०३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । मंगलबार भएको उक्त दुर्घटनामा चालक २८ वर्षीय आलोक महतोको मृत्यु भएको छ ।

चितवन नगरपालिका(५ का महतोको दुर्घटनामा गम्भीर चोट लागेको थियो । उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा राति करिब साढे ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

त्यस्तै, चितवनमै ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । ध्रुवचोकबाट ढकाल चोकतर्फ आउँदै गरेको ना ५ त ७३०७ नम्बरको ट्याक्टरले भट्ट चोकबाट टेकलाल चोकतर्फ जाँदै गरेको ना २५ प ७१३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा चितवन कालिका नगरपालिका(७ बस्ने ४६ वर्षीय रामहरि थापा घाइते भएको र उनको एलाइभ अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक रत्ननगर न।पा।१५ बस्ने वर्ष(२५ को इश्वर परियार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

चितवनकै रामपुरमा मंगलबार साँझ करिब ७ बजेको समयमा स्कुटरले साइकललाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना २५ प ८३०९ नम्बरको स्कुटर ले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिएको थियो ।

स्कुटरको ठक्करबाट साइकलमा सवार २३ वर्षीय भीमप्रसाद दराई, उनकी श्रीमती र ५ वर्षीय छोरा घाइते भएका छन् भने स्कुटर चालक चितवन भरतपुर महानगरपालिका(५ बस्ने ४० वर्षीय नरेन्द्र मल्ल पनि घाइते भएका छन् । स्कुटरको पछाडि बसेका मल्लका ६ वर्षीय छोरा पनि सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मंगलबार नै चितवनकै धर्मचोकबाट टाइगरचोकतर्फ जाँदै गरेको ना ३५ प ५४२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५० वर्षीया मनकुमारी गौतम घाइते भएकी छन् । दुर्घटनामा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका(५ नारनपुरका ३५ वर्षीय अर्जुन रिमाल सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जानकारी दिएको छ ।

चितवनमै ना।४५ प ८१०५ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालक जिल्ला बारा घर भइ हाल जिल्ला चितवन भरतपुर(९ स्थितमा डेरा गरी बस्ने २२ वर्षीय २२ को सबिर मियाँ घाइते हुन पुगेका छन् । मंगलबार करिब सवना ९ बजेको समयमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक भरतपुर(७ का ४८ वर्षीय कमल पण्डित पनि घाइते भएका थिए ।

चितवनमै रोकिराखेको कारमा स्कुटर ठोक्किँदा मंगलबार स्कुटर सवार एक जना महिला घाइते भएकी छन् । बा १६ च ८०७७ नम्बरको रोकीराखेको कारको अगाडी बा।प्र।०६(००१प २५१६ नम्बरको स्कुटर ठोक्किएको थियो ।

उक्त दुर्घटनामा स्कुटरको पछाडि बसेकी भरतपुर(६, ईन्द्रपुरी बस्ने ७० वर्षीय सीता लामिछाने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com