ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिगको नकआउट प्लेअफ चरणमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई हरायो


एबीसी न्यूज
माघ ३०, २०८१ बुधबार  ८ : ४८ बजे

काठमाडौं ३० माघ । युरोपेली च्याम्पियन्स लिग फुटबलको नकआउट प्लेअफ चरणको पहिलो लेगमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई हराएको छ ।

सिटीकै घरेलु मैदान इत्तिहादमा भएको खेलमा रियलले उत्कृष्ट पुनरागमन गर्दै सिटीलाई ३–२ गोलले हरायो । सिटीका लागि इर्लिङ हालान्डले दुई गोल गरे पनि टिमलाई जिताउन सकेनन् ।

रियल मड्रिडका केलियन एम्बाप्पे, ब्राहिम डियाज र बेलिङहमले गोल गरे । ८० औं मिनेटसम्म सिटी २–१ गोलले अघि थियो । तर ८६ मिनेटमा डियाज र इन्जुरी समयको दोस्रो मिनेटमा बेलिङहमले गोल गरेर रियललाई जिताए ।

अब दोस्रो लेग रियलको घरेलु मैदानमा हुनेछ । च्याम्पियन्स लिगमा शीर्ष आठ वटा टोलीले प्लेअफ चरण छोडेर सीधै मार्चमा हुने राउन्ड अफ १६ मा स्थान पक्का गरिसकेका छन् ।

उपाधिको ‘हकदार’ ठानिएका सिटी र रियलले शीर्ष आठमा पुग्न नसकेपछि प्लेअफ खेलेका हुन् ।

लिगमा गएराति नै भएका अरु खेलमा पीएसजीले ब्रेस्टलाई, बोरुसिया डर्टमन्डले स्पोर्टिङलाई र युभेन्टसले पीएसभीलाई हराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com