ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिछडावर्गको छैठौं महाधिवेशन सम्पन्न, ठाकुर पुनः अध्यक्षमा सर्वसम्मत


एबीसी न्यूज

काठमाडौं २९ माघ । नेपाल पिछडावर्ग ओबीसी महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर ओबीसीको अध्यक्षमा पुनः सर्वसहमतिले चयन भएका हुन् ।
महाधिवेशनका प्रमुख अतिथि पूर्वमन्त्री डा।केशवमान शाक्यले अधिकारका लागि दलित, आदिवासी जनजाति र ओबीसी मिलेर राज्यसँग लड्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालका मूल निवासी दलित, आदिवासी जनजाति र पिछडावर्गबीच कार्यगत एकता नहुँदा केही खास वर्गले राज्यका निकायहरुमा पकड बनाएका छन् ।’
पूर्वमन्त्री डा।शाक्यले नेपालको संविधानअनुरुप गठन भएका दलित आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेशी आयोग जस्तै पिछडावर्ग आयोग गठन हुनुपर्ने बताए । उनले मधेशी आयोगभन्दा पनि पिछडावर्ग आयोग गठन हुनुपर्नेमा जोड दिएका हुन् ।

ओबीसीका नवनिर्वाचित अध्यक्ष गजेन्द्र ठाकुरले ओबीसीको थर सूचिकरण गरी पिछडावर्ग आरक्षण लागू गर्नुपर्ने माग गरेका छन् । उनले संघीय र प्रादेशिक सरकारले पिछडावर्गको नाममा आएको बजेटलाई कार्यान्वयन नगरी फ्रिज गर्दै आएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनले भने, ‘समावेशी आयोगले पिछडावर्गको थर सूचिकरण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउँदा पनि मन्त्रालयले कुनै वास्ता गरिरहेको छैन । मन्त्रालयले अविलम्ब थर सूचिकरणलाई संसदमा पेस गरी पारित गर्नुपर्छ ।’

पिछडावर्गको आरक्षण लागू नगरिए फागुनदेखि आन्दोलन गर्ने उनले चेतावनीसमेत दिएका छन् ।
मंगलबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष ठाकुरसहित १३ सदस्यीय केन्द्रीय समिति चयन भएको हो । ओबीसीको उपाध्यक्षद्वय सुरेशचन्द्र राय र उपेन्द्र प्रसाद चौधरी, महासचिव तुफानी ठाकुर, सचिवद्वय बुधराम पाल र सुधा कुमारी यादव, कोषाध्यक्ष फुलतारण कुमारी र प्रवक्ता शिवकुमार साह मनोनित भएका छन् ।
कार्यक्रममा संविधानसभा सदस्यद्वय रक्मिनी चौधरी र रामशिला देवी, प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ विष्णकुमारी सापकोटा, मधेश जनजागरण अभियानका संयोजक रंजित कुमार झा लगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
महाधिवेशनबाट आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना प्रतिवेदनहरु समेत पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com