ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चारकोशे झाडीको रुख कटान रोक्का गर्न मुख्यमन्त्री राईको निर्देशन


admin

विराटनगर, २ चैत ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी तराईको चारकोशे झाडीमा रहेका रुख काटने कार्य तत्काल रोक्न निर्देशन दिनुभएको छ ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा अन्धाधुन रुख काट्न थालिएपछि उक्त रोक लगाइएको हो ।

मुख्य मन्त्री राईले रुखहरू काट्न थालेपछि मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई तत्काल रुख काटने काम रोक्न निर्देशन दिनुभयो ।

चारकोशे झाडीमा रुख कटानको समाचार सार्वजनिक भएपछि कार्यालयका प्रमुख सचिव यादव कोइरालाले मुख्य मन्त्रीको निर्देशनमा तत्काललाई रुख काटन रोक लगाइएको जानकारी दिनुभयो ।
उहाँले वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख कटान गर्न नपाइने भन्दै सरोकारवालासँग छलफल गर्न मुख्य मन्त्रीको कार्यालयमा आइतबार बैठक बोलाइएको जानकारी दिनुभयो ।

यसैगरी प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी नयाँ शैक्षिक सत्रबाट प्रत्येक निजी विद्यालयले अनिवार्यरुपमा १० प्रतिशत छात्रवृति दिनुपर्ने निर्देशन दिनुभयो ।

अन्र्तर्राष्ट्रिय उपभोक्ता दिवसका अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले हालका लागि निर्देशन जारी गरिएको बताउँदै यहि चैत ७ गते बस्ने प्रदेश सभाबाट सोही अनुरुपको ऐन ल्याइने बताउनुभयो ।

मन्त्री घिमिरेले निजी विद्यालयमा देखिएका बेथिति र विसंगति नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले विभिन्न निर्णयहरू गरेको जानकारी समेत दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाको निधन

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण

चौतर्फी विरोधपछि सांसदहरूलाई ल्यापटप बाँड्ने योजनाबाट पछि हट्यो कोशी प्रदेशसभा

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com