ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चारकोशे झाडीको रुख कटान रोक्का गर्न मुख्यमन्त्री राईको निर्देशन


admin
चैत्र २, २०७४ शुक्रबार  ८ : २२ बजे

विराटनगर, २ चैत ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी तराईको चारकोशे झाडीमा रहेका रुख काटने कार्य तत्काल रोक्न निर्देशन दिनुभएको छ ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा अन्धाधुन रुख काट्न थालिएपछि उक्त रोक लगाइएको हो ।

मुख्य मन्त्री राईले रुखहरू काट्न थालेपछि मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई तत्काल रुख काटने काम रोक्न निर्देशन दिनुभयो ।

चारकोशे झाडीमा रुख कटानको समाचार सार्वजनिक भएपछि कार्यालयका प्रमुख सचिव यादव कोइरालाले मुख्य मन्त्रीको निर्देशनमा तत्काललाई रुख काटन रोक लगाइएको जानकारी दिनुभयो ।
उहाँले वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख कटान गर्न नपाइने भन्दै सरोकारवालासँग छलफल गर्न मुख्य मन्त्रीको कार्यालयमा आइतबार बैठक बोलाइएको जानकारी दिनुभयो ।

यसैगरी प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी नयाँ शैक्षिक सत्रबाट प्रत्येक निजी विद्यालयले अनिवार्यरुपमा १० प्रतिशत छात्रवृति दिनुपर्ने निर्देशन दिनुभयो ।

अन्र्तर्राष्ट्रिय उपभोक्ता दिवसका अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले हालका लागि निर्देशन जारी गरिएको बताउँदै यहि चैत ७ गते बस्ने प्रदेश सभाबाट सोही अनुरुपको ऐन ल्याइने बताउनुभयो ।

मन्त्री घिमिरेले निजी विद्यालयमा देखिएका बेथिति र विसंगति नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले विभिन्न निर्णयहरू गरेको जानकारी समेत दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com