ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको पक्षबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि अग्रमोर्चामा आएका युक्रेनको दाबी


एबीसी न्यूज

काठमाडौं २६ माघ । रुसको तर्फबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि युद्धको अग्रमोर्चामा आएका युक्रेनले दाबी गरेको छ । रुसको पश्चिमी कुर्स्क क्षेत्रको अग्रमोर्चामा अहिले उत्तरकोरियाली सेना रहेका युक्रेनी राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको महिना ठूलो सङ्ख्यामा उत्तर कोरियाली सेना मारिएपछि उनीहरू त्यहाँबाट फिर्ता भएका थिए । युक्रेनी राष्ट्रपती जेलेन्स्कीले सयौँ रुसी र उत्तर कोरियाली सैनिकहरू मारिएका दाबी गर्नुभएको छ । यस अघि पनि उत्तर कोरियाले पठाएका ११ हजारमध्ये कम्तीमा एक हजार जना सैनिकहरू पछिल्लो तीन महिनामा मारिएका पश्चिमा देशले दाबी गरेका थिए । तर उत्तर कोरिया र रुसले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो हप्ता युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट र रुसी राष्ट्रपति भ्लालिमिर पुटिनसँग संवादको सम्भावना रहेको भन्दै चाँडै युद्ध अन्त्य हुन सक्ने बताउनुभएको छ । रुसीले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको आक्रमण शुरु गरेको छ । लडाइँले दुवैतर्फ ठूलो क्षति पुर्‍याएको छ ।

रुसी सेनाले लडाइँमा भएको सैन्य क्षतिको विवरण खुलाएको छैन । तर युक्रेनी राष्ट्रपतिले तीन लाख पचास हजारसम्म रुसी सैनिकहरू मारिएको दाबी गर्नुभएको छ । जेलेन्स्कीले युक्रेनतर्फको सैन्य क्षति ४५ हजार एक सय रहेको बताए पनि कैयौँ युक्रेनी र पश्चिमा सैन्य विज्ञहरू युक्रेनर्फको क्षतिसमेत निकै उच्च रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com