ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो समय पार्टीबाट केही गल्ती भएकै हो-अध्यक्ष दाहाल


एबीसी न्यूज
माघ २२, २०८१ मंगलबार  ४ : २९ बजे

काठमाडौं २२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट विगतमा केही गल्ती भएको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरेका हुन् ।

नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकारसम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाइ गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो समय भएका त्रुटि स्वीकार गर्दै अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्किएको बताएका हुन् । ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं,’अध्यक्ष दाहालले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं ।’

पार्टीले गरेका राम्रा र नराम्रा कामहरूको समीक्षा गर्न जनताका बीचमा जाने पनि अध्यक्ष दाहालले बताए । अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने उनको भनाइ छ । ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं,’अध्यक्ष दाहालले भने ।

उबचतथ२०८४ सालको चुनावमा २०६४ सालको संविधानसभा निर्वाचनमा भन्दा पनि राम्रो गर्ने अध्यक्ष दाहालले दाबी गरे । ०६४ सालमा माओवादीले प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सिट जितेको थियो । २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने पनि अध्यक्ष दाहालले दाबी गरे । ‘८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशव्यापी अभियानमा हिँडेको छु र अब चाँडै सिंगो पार्टी पंक्ति देशव्यापी अभियानमा जुट्ने छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी र सार्वजनिक खरिद अध्यादेश जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com