ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्घाखाँचीमा एचपिभी खोप अभियान सुरु


एबीसी न्यूज
माघ २२, २०८१ मंगलबार  ४ : ०० बजे

अर्घाखाँची, २२ माघ ।किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा’ भाइरस (एचपिभी) खोप अभियान सुरु भएको छ । अहिले कक्षा ६ देखि १० सम्म पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गरिन लागिएको हो ।

किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोग लाग्नबाट बचाउन आजदेखि फागुन ६ गतेसम्म एचपिभी खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले सन्धिखर्क स्थित सन्धिखर्क ग्रिन ईङलिस बोर्डिङ्ग स्कूलका छात्राहरुलाई एचपिभी खोप लगाएर एचपिभी खोप अभियान जिल्लामा सुरु गरेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । मंगलबार विश्व क्यान्सर दिवसको अवसर पारेर देशभर र जिल्लाभरका अधिकांश विद्यालय (खोपकेन्द्र)मा खोप अभियान सुरु भएको जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले बताए । समन्वय समितिका प्रमुख कोइरालाले निरोगी नेपाल बनाउनका लागि सरकारले यस्ताखाले कार्यक्रम सधैं ल्याउन आवश्यक रहेको बताए । एचपिभी खोप अभियानले नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन सहयोग पुग्ने कोइरालाले दाबी गरे । यस्तै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम भएको बताए । अर्घाखाँची जिल्लाभर पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ८ हजार १७८ किशोरीलाई लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले बताए ।

उनका अनुसार अर्घाखाँचीमा २०६ खोपकेन्द्रबाट एचपिभी खोप लगाइदै छ । जिल्लाभरका १४५ विद्यालय र विद्यालय पहुँचबाहिर रहेका तथा खोप लगाउन छुटेका किशोरीलाई ६१ वटै वडाका स्वास्थ्य केन्द्रबाट खोेप दिइने उनको भनाई छ । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा माघ २९ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सुरु हुँदैछ भने अन्य पाँच पालिकामा आज अर्थात् माघ २२ गतेदेखि २८ गतेसम्म एचपिभी खोप अभियान संचालन भएको छ ।

पाठेघरको मुखको क्यान्सरका कारण कयौंले ज्यान गुमाइसकेका स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यक्रम संयोजक विजय विकले बताए । उनका अनुसार यो अवस्थालाई न्यूनिकरण गर्न सरकारले प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न यो अभियान संचालन गरेको बताए । यो खोपले स्वास्थ्यमा कुनैपनि असर नगर्ने विकले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी र सार्वजनिक खरिद अध्यादेश जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com