ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको ‘एक झन्डा नीति’: काठमाडौँ दूतावासले पनि हटायो युक्रेनलाई समर्थन गरेको ब्यानर


एबीसी न्यूज

काठमाडौं २१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा पुनरागमनसँगै राष्ट्रपतिको सपथलगत्तै जारी गरेका आदेशले विश्वव्यापी तरंग सिर्जना गरिरहेको छ।

ट्रम्प प्रशासनको नीतिका कारण अमेरिकाले यसअघि लिएका कयौँ नीतिमा समेत प्रत्यक्ष प्रभाव परेको छ।

त्यसमध्यको एक हो, ट्रम्प प्रशासनले लिएको ‘एक झण्ड नीति। त्यसको असर पनि विश्वव्यापी रुपमा परेको छ।

अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना दूतावासहरूमा अमेरिकाको राष्ट्रिय झण्डाबाहेकका झण्डा, नारा र ब्यानर हटाउन निर्देशन दिएको छ।


युक्रेनको सर्मथनमा काठमाडौँस्थित दूतावासमा यस अघि राखिएको ब्यानर।

त्यस्तो निर्देशनसँगै सबै दूतावासबाट अन्य झण्डा तथा ब्यानर हटाइएको छ। यसअघि अमेरिकी दूतावासमा अमेरिकी झण्डाबाहेक ‘लैंगिक अल्पसंख्यक एलजीबीटीआईक्यु प्लस गौरव’ र ‘अश्वेतको जीवनले अर्थ राख्छ’ भन्ने झण्डा पनि फराइन्थ्यो।

सँगै अमेरिकी खेमाका कुनै देशको विशेष घटनामा पक्षधरता देखाउन पनि त्यस देशको झण्डा फहराउने गरिन्थ्यो।

ट्रम्प प्रशासनले यी सबैमा धावा बोलेको छ। यसको असर काठमाडौँस्थित अमेरिकी दूतावासमा पनि परेको छ।

दूतावास स्रोतका अनुसार युक्रेनको सर्मथनमा राखिएको झण्डा र ब्यानर हटाइएको छ। ट्रम्पको आदेश आउनेबित्तिकै उक्त ब्यानर हटाइएको दूतावासका एक अधिकारीले नेपालखबरसँगको कुराकानीमा बताए।
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता अमेरिका त्यसविरुद्ध उभिएको छ। अहिलेसम्म युक्रेनलाई सैन्य र आर्थिकरूपमा सघाइरहेको छ।

युक्रेनको सर्मथनमा महाराजगन्जस्थित दूतावासको भित्तामा पनि ‘हामी युक्रेनको साथमा छौँ’ भन्ने ठूलो ब्यानर राखिएको थियो। दूतावासको उक्त अभियानमा केही नेपाली सर्मथन जनाउन पनि पुगेका थिए।

त्यस्तै अमेरिका नेतृत्वको खेमाका काठमाडौँमा रहेका विदेशी कूटनीतिक मिसनहरूले पनि रुसको विरोधमा अमेरिकालाई साथ दिएका थिए। स्विटजरल्यान्ड, फिनल्यान्ड, बेलायत, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, नर्वे, जर्मनी लगायतका देशका राजदूतले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com