ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुबियोको पहिलो विदेश भ्रमण : तत्काल चिनियाँ प्रभाव रोक्न पानामालाई धम्की


एबीसी न्यूज

काठमाडौं २१ माघ । पहिलो विदेश भ्रमणमा पानामा पुगेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामा नहरमा चिनियाँ प्रभाव तुरुन्त रोक्न माग गरेका छन्। अन्यथा, सन्धिअनुसार अमेरिकी अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने धम्की उनले दिए।

पानामाले भने रुबियोसँग अमेरिकी युद्धपोतहरूलाई नहरबाट निशुल्क पार हुन दिने र चीनको बीआरआई नवीकरण नगर्ने वाचा गरेको खबरहरूमा जनाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पानामा नहर कब्जा गर्ने चेतावनीपछि रुबियो सो मुलुक पुगेका हुन्। उनले त्यहाँका राष्ट्रपति होसे राउल मुलिनोसँग भेट गरेका छन्।

दुई घण्टा लामो बैठकपछि उनीहरूले बेग्लाबेग्लै सन्देश दिए। मुलिनोले अमेरिकी सेनाले नहर कब्जा गर्ने गम्भीर खतरा आफूले नदेखेको बरु प्राविधिक तहमा ट्रम्पको चिन्ता सम्बोधन गर्न वार्ता गर्ने प्रस्ताव आफूले गरेको बताए।

मुलिनोले चीनको बीआरआई परियोजनालाई नवीकरण नगर्ने वाचा गरे। हाल चलिरहेको बीआरआई परियोजनाको म्याद २०२६ मा समाप्त हुँदैछ।

ट्रम्पले चीनले पानामा नहर चलाइरहेको दाबी गर्दै आएका छन्। जसलाई पानामाले अस्वीकार गर्दै आएको छ। सो नहरको पाँचमध्ये दुईवटा बन्दरगाह हङकङको सीके हट्चिसन होल्डिङ्स लिमिटेड कम्पनीले सञ्चालन गर्दै आएको छ।

ट्रम्प अभिव्यक्तिपछि क्रुद्ध पानामाबासीले प्रदर्शन गरेका छन् र ट्रम्प तथा रुबियोको पुत्लादहन पनि गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com