ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी


एबीसी न्यूज
माघ २०, २०८१ आईतबार  १ : ४० बजे

काठमाडौं २० माघ । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ । बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको हो ।

आक्रमणबाट गम्भीर घाइते भएका उनको जनकपुरमा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार शनिबार दिउँसो यादवमाथि जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह र भारत बिहारको सितामढी विष्णुपुर ३ बस्ने १७ वर्षीय विकास कुमार साह लगायतले आक्रमण गरेका थिए । घटनामा फेकु साहका तीन छोरामा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

घटना पश्चात फेकुसहित पाँचजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी सिंहले बताए ।

यादवमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । करिब पाँच मिनेटसम्म उनलाई फलामका रडलगायतले आक्रमण गरिरहेको भिडियोमा देखिन्छ ।

कवाड संकलन सम्बन्धी टेण्डर फेकु र मुकेशले संयुक्त रुपमा लिएका थिए । सोही विषयमा छलफलका लागि मुकेश सर्लाहीको बरहथवा नगरपालिका १३ का वडाध्यक्ष जागिर दर्जीलाई सँगै लिएर आएका बेला उनीहरुबीच विवाद भएको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मुकेशलाई फेकु र उनका छोराहरुले गालीगलौज पनि गरेका थिए । मुकेशमाथि भएको आक्रमण पनि सोही विषयसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com