ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा समेत काण्ड गरेर फर्किनेहरू नेपालमा ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागे – उपप्रधानमन्त्री सिंह


एबीसी न्यूज
माघ १९, २०८१ शनिबार  ६ : १५ बजे

काठमाडौं १९ माघ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताएका छन् । उनले नेपालको राजनीतिमा संलग्न पछिल्लो नेताहरूको राजनीतिक यात्रा सङ्लो नभएको पनि बताए ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्नुपर्ने बताए । अरुको लहलहैमा लाग्नु भन्दा सही र गलत छुट्याएर जनप्रतिनिधि चयन गर्नुपर्ने पनि सिंहको भनाइ थियो ।

जनताको सेवा गर्ने सबैभन्दा राम्रो माध्यम राजनीति भएको बताउँदै उपप्रधानमन्त्री सिंहले विदेशमा ठूला(ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको बताए । ‘राजनीति गर्ने मान्छेहरू समाजको काम नलाग्ने मान्छे हो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । त्यसमा सबैले के बुझ्नुपर्‍यो भने संसारमा पठाउँदा नै विवेक बुद्धि भगवानले दिएको छ । सही र गलत छुट्याउने, कसैले भन्यो भन्दैमा त्यसैको लहलहैमा लाग्नु हुँदैन । कुनै आधार नसोची लाग्नु हुँदैन । राजनीति देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम हो । सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति हो । सेवा दिनकै लागि म राजनीतिमा लागेको हो,ु उपप्रधानमन्त्री सिंहले भने, ुयहाँ अनेकौँ मान्छेहरू आउँछन् । चटकेहरू पनि आउँछन् । विदेशमा गएर ठूलो(ठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठूलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन्, आइराख्छन् ।ु


जनताले त्यस्ता मान्छेहरू चिनेर मात्रै चुन्नुपर्ने उपप्रधानमन्त्री सिंहको आग्रह थियो । ुतपाईंहरू छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकार सुरक्षित र सम्बर्धित गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com