काठमाडौं १९ माघ । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया सहरमा शुक्रबार साँझ ६ जना सवार एउटा सानो विमान ९एयर एम्बुलेन्स० खसेर दुर्घटना भएको छ।
चालक दलका ४ सदस्य, एक जना बिरामी बालक र उनको हेरचाह गर्ने व्यक्ति लिएर शुक्रबार साँझ फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लियरजेट ५५ घना वस्तीबीच खसेको हो।
मिसौरीको स्प्रिङफिल्ड–ब्रान्सन विमानस्थलतर्फ जाँदै गर्दा खसेको विमानले धेरै घर र सवारीसाधनमा समेत क्षति पुगेको छ। यसले गर्दा जमिनमा रहेका अन्य मानिस हताहती भएको आशंका छन्।
विमान दुर्घटना भएको भिडिओ सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएको छ। जसमा विमान आकाशबाट तीव्र गतिमा सहरबीच खसेको देखिन्छु।
खसेपछि विमान ठूलो आवाजमा विस्फोट भएको र आगोको ठूलो लप्का उठेको भयावह दृश्य देखिन्छ।








प्रतिक्रिया दिनुहोस्