ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको निलम्बनविरुद्ध कानुनी उपचार खोज्छौँ – स्वर्णिम वाग्ले


एबीसी न्यूज

काठमाडौं १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका उसभापतिसमेत रहेका सांसद डा।स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेको सांसद पद निलम्बनविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन वाग्लेले यस्तो चेतावनी दिएका हुन्।

‘विश्वमा नै नयाँ शक्तिहरूलाई बेवास्ता गर्ने, खिसिट्युरी गर्ने, आक्रमण गर्ने र अस्तित्व स्वीकार्ने चरणहरू हुँदा रहेछन्। हामी अहिले आक्रमणको चरणबाट गुज्रिरहेको महसुश भएको छ। तर चौथो चरण चाँडै नै आउँछ। त्यो भनेको अस्तित्वको स्वीकार्यता, प्रवेश। तेस्रो चरणबाट चौथो चरणमा जानेमा हामी पुर्ण विश्वस्त छौँ, उनले भने, यस सम्मानित सदनमा आज एउटा विशेष अनुपस्थिति छ। नेपालको संसदीय इतिहासमा ५० हजार मतको हारहारीमा दुईरदुई पटक विजयी भएका चितवन क्षेत्र नं २ का सांसद, हाम्रो पार्टीका सभापति माननीय रवि लामिछाने यहाँ उपस्थित हुनुहुन्न आज। २०६४ सालमा ल्याइएको सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ मा टेकेर मुद्दा दायर हुनासाथ सबै राष्ट्रसेवकलाई निलम्बन हुने प्रावधानमा टेकेर यस्तो निर्णय गरिएको छ। हामीले नै बनाएको संविधानको बेवास्ता गर्दै उहाँलाई निलम्बित गरिएको छ। त्यसको कानुनी उपचार हामी खोज्छौँ।

उनले सभापति लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाए। रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको छ। अदालतको विचाराधिन विषयमा म बोल्नुहुँदैन। म बोल्दिनँ, उनले भने, तत्कालीन राजाले बनाएको शाही आयोगको तार्गेटमा पर्नुभएका कतिपय नेताहरू आज पनि सक्रिय राजनीतिमा हुनुहुन्छ। नाम चलेका सबै नेताहरूलाई खोरमा हाल्ने तत्कालिन शाही आयोगलाई अदालतले खारेज गरेको त्यो न्यायिक साहस, त्यो आँटको अभ्यास भएको देश हो यो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको अदालत जाने निर्णय

टिकट बाँड्न कांग्रेसले गठन गर्‍यो १३ सदस्यीय संसदीय बोर्ड

सम्बन्धित

ट्रम्पले बेवास्ता गर्ने ल्याटिन अमेरिकी तानाशाह कसरी बन्ने ?

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको अदालत जाने निर्णय

टिकट बाँड्न कांग्रेसले गठन गर्‍यो १३ सदस्यीय संसदीय बोर्ड

शेखर, सुजाता, सुनिल र रामहरि गगनको पक्षमा खुले

भक्तपुरमा छोराले गरे आमाको हत्या

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com