ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपरासीमा लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार, एक जना घाइते


एबीसी न्यूज

काठमाडौं १८ माघ । पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार गरेको छ ।

रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागूऔषध नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

लोनियाले बिक्रीवितरणका लागि लागूऔषध घरमा राखेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भइरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा हिजो बेलुका पाँच जनाको टोली पुगेको थियो ।

प्रहरीले खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । लोनिया भाग्न खोज्दा प्रहरीले गोली चलाएको र उनको बायाँ खुट्टामा गोली लागेको छ ।

घाइते भएका लोनियाको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । खानतलासीका क्रममा ९३ पुरिया ब्राउनसुगर बरामद भएको प्रहरीको भनाइ छ ।

लागूऔषध किनबेचमा संलग्न अर्का एक जना फरार भएका छन् । उनको पनि खोजी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको अदालत जाने निर्णय

टिकट बाँड्न कांग्रेसले गठन गर्‍यो १३ सदस्यीय संसदीय बोर्ड

सम्बन्धित

ट्रम्पले बेवास्ता गर्ने ल्याटिन अमेरिकी तानाशाह कसरी बन्ने ?

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको अदालत जाने निर्णय

टिकट बाँड्न कांग्रेसले गठन गर्‍यो १३ सदस्यीय संसदीय बोर्ड

शेखर, सुजाता, सुनिल र रामहरि गगनको पक्षमा खुले

भक्तपुरमा छोराले गरे आमाको हत्या

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com