ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी एअरलाइन्सको विमान र सैन्य हेलिकप्टर दुर्घटनाबारे विभिन्न कोणबाट अनुसन्धान चल्दै


एबीसी न्यूज
माघ १८, २०८१ शुक्रबार  ८ : ०५ बजे

काठमाडौं १८ माघ । अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।

नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड एनटीएसबी० ले वाशिङ्गटन डीसी नजिकै हिजो भएको विमान दुर्घटनाको कारण पत्ता लगाउन धेरै कारकहरूको सूक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।

एनटीएसबीका अनुसन्धान अधिकारीहरुले दुर्घटनाबारे उनीहरुले धेरै जानकारी पाएको तर आधिकारिक पुष्टि गर्न केही समय लाग्ने बताएका बीबीसीले जनाएको छ । प्रारम्भिक प्रतिवेदन ३० दिनमा जारी गरिने खबरमा उल्लेख छ ।

अहिलेसम्म कुनै उडान डाटा रेकर्डर अर्थात ब्ल्याक बक्स पनि फेला नपरेको अनुसन्धानकर्ताले बताएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन डीसी हवाई दुर्घटनाको कारण अझै थाहा नभएको र जाँच चलिरहेको बताउनुभएको थियो ।

उहाँले पत्रकार सम्मेलनमार्फत अनुसन्धान अधिकारीहरुले हवाई दुर्घटनामा कोही पनि जीवित नरहेको हुनसक्ने अनुमान लगाएका जानकारी दिनुभएको छ ।

हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो ।

विमानमा ६४ जना र हेलिकोप्टरमा ३ जना रहेका थिए । अहिलेसम्म ३० जनाको शव फेला परेको आधिकारिक पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com