ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गिरिबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरा दरबार सबैको छानबिन गरौं’- वर्षमान पुन


एबीसी न्यूज

काठमाडौं १७ माघ ।   माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले काँग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको बुधबार उदघाटन गर्दै पुनले पछिल्लो समय सहतमा आएका प्रकरणहरुको छानबिनका लागि समिति गठनको माग गरेका हुन् । आफूमाथि दर्जनौं अनियमिता र भ्रष्टचार आरोप लागेपछि विवादमा पार्न सकिन्छ कि भन्ने नियतका साथ प्रधानमन्त्री केपी ओलीले शेरा दरबारको प्रसंग चर्चामा ल्याइएको उनको भनाइ थियो ।

उनले शुक्रबार सघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरा दरबारबारे छानबिनको माग राखेर बोल्ने जानकारी दिए । ‘माओवादी नेता पनि कतै जोडिएका छन् कि, तर्साउन पो सकिन्छ कि भनेर ओलीजीले शेरा दरबारको कुरा गरिरहनुभएको छ । हामी हिजो गणतन्त्रका लागि ज्यानको बाजी लगाएर लडेर आएका हौं । हाम्रो अध्यक्षले संसदमै शेरादरबारको छानबिन सुरु गर्नुस् भनेर बोल्दै हुनुहुन्छ ।

उहाँले पत्रकार सम्मेलनमै भनिसक्नुभएको छ शेरा दरबारबारे छानबिन गरियोस् भन्ने माग संसदमा राख्छु’, पुनले भने, ‘केपी ओलीजीलाई मेरो र हाम्रो पार्टीको प्रश्न चुनौती छ, तपाईं आफू र आफ्ना नेताबारे उठेका प्रश्नबारे छानबिन गर्न तयार हुनुहुन्छ रु कम्बोडियामा तपाईंको लगानी छ भने प्रश्न उठ्यो, स्वीस बैंकमा पैसा छ भनिएको छ, गिरिबन्धु टी स्टेटमा तपाईंको नाम मुछियो । तपाईं लोकतान्त्रिक देशको प्रधानमन्त्री हो । के भन्न सक्नुहुन्छ मममाथि संसदीय छानबिन होस् भन्न सक्नुहुन्छ रु हामी तयार छौं ।’

पुनले विगतमा पनि नेताहरुमाथि छानबिन गर्नुपर्दा उच्चस्तरीय न्यायिक आयोग र संसदीय छानबिन समिति बन्ने गरेको स्मरण गरे । प्रचण्डले यसअघि प्रधानमन्त्री रहेकै बेला प्रहरी प्रमुखसहित छानबिन गर्ने निकायलाई आफ्नो पार्टीका नेता, कार्यकर्ता, परिवारका सदस्या वा आफू स्वयंबाट राज्य दोहन र भ्रष्टाचारजन्य क्रियाकपाल भएको भए छानबिन गर्न अपिल गरेको बताए ।

तर, प्रधानमन्त्री ओलीले राज्य शक्तिको आडमा आफू, आफ्ना पार्टीका व्यक्तिहरु र सत्तारुढ काँग्रेस नेता मुछिएका भ्रष्टाचार, तस्करी र राज्य दोहनका प्रकरणको छानबिन फितला बनाएको तथा छानबिन नै गर्नुपरे पनि पक्षपातपूर्ण व्यवहार गरेको टिप्पणी उनले गरे ।

‘कमरेड प्रचण्डले हाम्रा नेता, कार्यकर्ता, समर्थक वा यतिसम्म कि मेरो परिवार र मसम्म पनि कुनै अनियमितता, तस्करी, भ्रष्टाचारजन्य क्रियाकलाप वा राज्य दोहनमा मुछिएको पाइए छानबिन गर्नुस् भन्नुभएको थियो’, पुनले भने, ‘ओलीजीको पार्टीका मन्त्रीले युवालाई जापन लगेर मानव तस्करीको प्रयास गर्नुभयो । उहाँलाई कारबाही भएन ।

तर त्यसमा फसाइएका युवा अहिले मानव तीकरीको मुद्धा खेपिरहेका छन् । सहकारी ठगीमा संलग्न लेखा समिति सभापतिकी श्रीमतीलाई लुकाइन्छ, अदालतमा उसै दिन हाजिर गराइन्छ, उसै दिन जमानतमा छाडिन्छ । तर, प्रतिपक्षमा नेताहरुमाथि उस्तै मुद्धामा बदला लिन खोजिन्छ ।’

राज्यका निकायको दुरुपयोग गरेर प्रतिशोध साँध्न खोज्ने तथा न्यायिक र अभियोजनको प्रक्रिया हातमा लिने प्रयास लोकतन्त्र नभई स्वेच्छदारी र तानाशाही प्रवृत्ति भएको आरोप पुनले लगाए । उनले वर्तमान ओली नेतृत्वको सरकारको आयु लामो नभएको र आफैं कुहिएर झर्ने अवस्थामा पुगेको भन्दै सत्तापक्षकालाई बचाउने र विपक्षीमाथि प्रतिशोध साँध्ने काम नगर्न प्रहरीसहित राज्यका निकायलाई आग्रह गरे ।

 

पुनले मुलुकमा बिचौलिया र स्वार्थ समूहले राज्य दोहनका ठूल्ठूला सेटिङ गरिरहेको पनि आरोप लगाए । पहिला कार्यलय प्रमुख, सचिव र मन्त्री हेरफेर गर्ने गरेको स्वार्थ समूहले प्रधानमन्त्री फेर्न थालेको भन्दै दलाल पुँजीवाद मुलुकको भविष्यका लागि चुनौतीका रुपमा अगाडि आएको टिप्पणी पुनले गरे ।

सरकार बनाएको स्वार्थ समूहलेले पछिल्लोपटक हदबन्दीभन्दा बढीको जमिन बेच्न पाउने र ठूला ठेक्कामा चलखेल गर्ने गरी कानूनमै फेरबदल गरेको उनले बताए । भ्रष्टाचार, बिचोपिलयापन, तस्करी र राज्य दोहनमाथि प्रहार गर्दा बिच्किएका मुठ्ठीभर मानिसहरुले प्रचण्ड नेतृत्वको सरकार ढालेको उनले दोहोर्याए । तर, जस्तोसुकै जोखिम मोलेर भए पनि माओवादी नेतृत्वमा सुरु भएको सुशासन अभियान नरोक्ने पुनले उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

सम्बन्धित

नेकपाको निर्वाचन तयारी: नारायणकाजी सर्लाही, रेणु दाहाल चितवन, अरु ?

निर्वाचन आयोगको कडा निर्णय : २१ फागुनको निर्वाचनमा नयाँ दल दर्ता गर्न पाइँदैन ! देउवा समूहलाई ठूलो झट्का

ट्रम्प–विदेश नीति : शक्ति–व्यक्तित्व, र दक्षिण एशियामाथिको नयाँ दबाब

ट्रम्पको विदेश नीतिको जुवाले विश्वलाई कसरी नयाँ आकार दिइरहेको छ ?

ट्रम्पले बेवास्ता गर्ने ल्याटिन अमेरिकी तानाशाह कसरी बन्ने ?

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहको अदालत जाने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com