काठमाडौं १७ माघ । बिहीबार बिहान हङकङको शामशुई पोको एक भवनमा आगलागी हुँदा पाँच जनालाई अस्पता भर्ना गरिएको छ। बिहान ६ बजेतिर अनचाउ स्ट्रिटस्थित तोङ लाउ भवनको छैटौँ तलामा आगलागी भएको हो।
पूजाको कार्यक्रमबाट आगो सल्केको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। आगलागीस्थलबाट २९ जना बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। जसमा ८ महिला र २१ पुरुष छन्।
आगलागीको खबर ६ बजे प्राप्त गरेको प्रहरीले बिहान ७ बजे आगो नियन्त्रणमा लिएको थियो।
आगो निभाउने क्रममा मेई फूतर्फ जाने अनचाउ स्ट्रिटको ट्राफिक लेन अस्थायी रूपमा बन्द गरिएको थियो। ९द स्ट्यान्डर्ड०








प्रतिक्रिया दिनुहोस्