ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले भनेः ६४ जना बोकेको अमेरिकी विमान हेलिकप्टरसँग ठोकिएर खसेको थाहा पाएँ


एबीसी न्यूज
माघ १७, २०८१ बिहीबार  १२ : १३ बजे

काठमाडौं १७ माघ । अमेरिकाको वासिङ्टन डीसीमा ६४ जना बोकेको अमेरिकन एयरलाइन्सको विमान आकासमै हेलिकप्टरसँग ठोकिएको बारे आफूलाई जानकारी आएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

स्थानीय समयानुसार बुधबार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै उडिरहेको सेनाको हेलिकप्टर र विमान ठोकिएर पोटोम्याक नदीमा खसेका हुन्।

ट्रम्पले भने, ‘रेगन राष्ट्रिय विमानस्थलमा भएको भयानक दुर्घटनाकोबारेमा मलाई जानकारी दिइएको छ।’

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले अगाडि भने, ‘भगवान्‌ले उनीहरूको ९मृतकको० आत्मालाई शान्ति प्रदान गरून्। उद्धार प्रयासमा सहयोग गर्नेहरूलाई धन्यवाद। म परिस्थितिमा नजर राखिरहेको छु। थप जानकारी पाउनेबित्तिकै म तपाईंलाई दिनेछु।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दुर्घटनामा परेको विमान नदीमा टुक्राटुक्रा अवस्थामा फेला परेको र शवहरू निकालिएको उल्लेख गरेका छन्।

अहिलेसम्म एक जना पनि जीवित फेला परेका छैनन्। तर कति जनाको मृत्यु भयो भन्ने हालसम्म पुष्टि भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com