ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपेली च्याम्पियन्स लिगमा शीर्ष स्थानको लिभरपुल पीएसभीसँग पराजित


एबीसी न्यूज
माघ १७, २०८१ बिहीबार   १० : ५८   बजे

काठमाडौं १७ माघ । युरोपेली च्याम्पियन्स लिग फुटबलमा पीएसभीले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा १४ औं स्थानको पीएसभीले शीर्ष स्थानको लिभरपुललाई ३–२ गोलले हराएको हो ।

गएरातिका अरु खेलमा बार्यन म्युनिखले स्लोभान ब्राटिस्लाभालाई ३–१ ले हराउँदा शाख्तर डोनेत्स्क बोरुसिया डर्टमन्डसँग ३–१ ले पराजित भएको छ ।

यस्तै लेभेरकुसेनले स्पार्टा प्राहालाई २–० ले, आर्सनलले गिरोनालाई २–१ ले हराएका छन् । बार्सिलोना र एटलान्टाले भने २–२ गोलको बराबरी खेलेका छन् ।

यस्तै रियल मड्रिडले ब्रिस्टलाई ३–० ले पराजित गर्दा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ३–१ ले हराएको छ । योङ्ग ब्वाइज क्रेभेना जेभेज्दासँग १–० ले पराजित भएको छ । लिले ओलम्पिक स्पोर्टिङ क्लबले फिएनोर्डलाई ६ –१ ले हराएको छ ।

यस्तै बेनिफिकाले युभेन्ट्सलाई २–० ले हराउँदा एस्टन भिलाले सेल्टिकलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । यस्तै डिनामो जग्रेबले एसी मिलानलाई २–१ ले, इन्टर मिलानले मोनाकोलाई ३–० ले, एसके स्टुर्म ग्रजले आरबी लाइपजिङलाई १–० ले हराएका छन् ।

यस्तै एथ्लेटिको मड्रिडले आरबी साल्जबर्गलाई ४–१ ले पराजित गर्दा स्पोर्टिङ र बोलोग्नाले एक एक गोलको बराबरी खेलेका छन् ।

गएरातिको खेलमा पेरिस सेन्ट जर्मेइन ९पीएसजी० ले भने भीएफबी स्टुटगर्टलाई ४–१ ले हराएको छ । गएराति एकैचोटि १८ वटा खेल भएका हुन् ।

च्याम्पियन्स लिगमा लिभरपुल २१ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै बार्सिलोना १९ अङ्कसहित दोस्रो र आर्सनल १९ अङ्कसहित तेस्रो स्थानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

बालेनलाई किन संसद् मन पर्दैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group