ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मङ्गलवारदेखि शुरू हुने एचपीभी खोप अभियानको तयारी पूरा


एबीसी न्यूज
माघ १७, २०८१ बिहीबार  १० : ५५ बजे

काठमाडौं १७ माघ । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको सरकारले जनाएको छ ।

आउँदो मङ्गलवार माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाउन लागिएको हो ।

देशभर खोप पुर्‍याइएको र स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने काम भइरहेको स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन शाखाले आग्रह गरेको छ ।

किशोरावस्थामै खोप दिन सकेमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलालाई जोगाउन सकिने खोप शाखा प्रमुख डा।अभियान गौतमले बताउनुभयो ।

अभियानका क्रममा हरेक सरकारी तथा निजी विद्यालयमा गएर खोप लगाउने र विद्यालय बाहिरका किशोरीलाई नजिकको पायक पर्ने विद्यालयमा व्यवस्था मिलाइएको डा।गौतमले बताउनुभयो । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाहरुमा गएर पनि खोप लगाउन सकिने उहाँको भनाइ छ ।

जोखिम क्षेत्रका धेरै किशोरीहरु खोप लगाउन छुटेमा सबन्धित समुदायमै पुगेर पनि खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

एचपीभी खोपको मात्रा एक डोज लगाए जीवनभर पुग्ने र पाठेघरको मुखको क्यान्सरको जोखिम धेरै कम हुने भएकाले खोप अभियानमा सहभागी हुन सरकारले आग्रह गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com