ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्न भारत-चीन सहमत


एबीसी न्यूज
माघ १५, २०८१ मंगलबार  १२ : ०६ बजे

काठमाडौं १५ माघ । भारत र चीनबीच कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति भएको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने चीन भ्रमणको क्रममा उक्त सहमति भएको हो । सहमति अनुसार भारत–चीन बीच सीधा हवाई सेवा पनि छिट्टै सुरु गरिने छ ।

भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सहमति भएका विषयबारे जानकारी दिएको छ । विज्ञप्तिमा लेखिए अनुसार भारतीय विदेश सचिव मिस्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्तापछि ६ बुँदे सहमति भएको छ ।

नदीसँग सम्बन्धित जलविज्ञान तथ्यांक र अन्य सहयोग आदान–प्रदानका लागि छिट्टै विशेषज्ञस्तरीय बैठक बस्न पनि दुवै देशका अधिकारीहरु सहमत भएका छन् । साथै मिडिया र थिंक ट्यांकबीचको छलफल तथा भ्रमणलाई बढावा दिने सहमति पनि भएको छ ।

कैलाश मानसरोवर यात्रा र दुई देशबीच सीधा हवाई सेवा सन् २०२० देखि बन्द छ । सीमा विवादका कारण सम्बन्ध बिग्रिएपछि र कोभिड महामारी त्यसको कारण थियो । सन् २०२० मा गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएपछि सम्बन्ध बिग्रिएको थियो ।

नेपालको चासो

पछिल्लो समय भने भारत र चीन सम्बन्ध सुधारको प्रयासमा छन् । यसैक्रममा एक महिना अघि पनि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चीन भ्रमण गरेका थिए । त्यो भ्रमणमा पनि कैलाश मानसरोवर यात्रा खुलाउन दुवै देशका अधिकारीहरु राजी भएको समाचार सार्वजनिक भएको थियो । तर रुट कुन प्रयोग गर्ने भन्ने स्पष्ट थिएन ।

अहिले भारतीय विदेश सचिव विक्रम मिस्रीको चीन भ्रमणको बेलामा कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति हुँदा पनि त्यसको रुट स्पष्ट छैन ।

कैलाश मानसरोवर यात्रा गर्दा एउटा रुट सिक्किमको नाथुला पास हुँदै र अर्को रुट उत्तराखण्डको पिथौरागढ, लिपुलेक हुँदै जान सकिन्छ । जम्मा ६५ किलोमिटरको दुरीमा रहेकाले यो रुटको यात्रा आर्थिक रुपमा सस्तो हुने बताइन्छ । त्यसैले भारतले यही रुटलाई प्राथमिकता दिँदै पिथौरागढबाट लिपुलेकसम्म पुग्ने सडक बनाइरहेको छ ।

लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको क्षेत्रलाई नेपालले आफ्नो भूमि भनेर चुच्चे नक्सामा समेटेको छ । तर ती क्षेत्र भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । कैलाश मानसरोवर यात्राका लागि भारत र चीनले विवादित भूमि प्रयोग गर्दा नेपाललाई भने थाहा दिइएको छैन ।

सन् २०१५ मे १४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको बेला समकक्षी ली छ्याङसँग लिपुलेक नाकालाई व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने सहमति भएको थियो । संयुक्त व्यक्तव्यमा समेटिएको सो सहमतिमा नेपालले आपत्ति जनाउँदै भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाएको थियो । तर दुवै देशले त्यसको बेवास्ता गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाधिवेशनको दिशामा नेकपा ःसांसद, मल्ल, नेकपा , भिडियो

प्रधानमन्त्रीको भारत भ्रमण ः सीमाविद् , श्रेष्ठ भिडियो

सम्बन्धित

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी चार दलको आग्रह

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com