ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरी गाजाबाट विस्थापित हजारौं नागरिक आफ्नो घर फर्कन थाले


एबीसी न्यूज
माघ १४, २०८१ सोमबार   ७ : १२   बजे

काठमाडौं १४ माघ । उत्तरी गाजाबाट विस्थापित हजारौं प्यालेस्टाइनी आफ्नो घर फर्कन थालेका छन् । इजरायल र हमासले अन्य ६ जना बन्धकको रिहाइका लागि सम्झौता गरेपछि विस्थापित प्यालेस्टाइनीहरूको भीड युद्धग्रस्त गाजा पट्टीको उत्तरतिर बढ्न थालेको समाचार संस्था एएफपीले जनाएको छ ।

गाजा पट्टी इजरायलले ध्वस्त बनाइसकेको छ । तर हजारौं प्यालेस्टाइनी आफ्नो घरको भग्नावशेष खोज्दै पुगेका खबरमा उल्लेख छ । यसअघि युद्धविराम सम्झौता अनुसार हमासले बन्धक रिहाइमा ढिलाइ गरेको भन्दै इजरायलले प्यालेस्टाइनी नागरिकलाई उनीहरूको घर उत्तरी गाजामा जान रोकेको थियो । तीन दिनदेखि बाटैमा रोकिएका हजारौं मानिस आज आफ्नो घरको भग्नावशेष खोज्दै गरेको देखिएका छन् ।

विस्थापित इब्राहिम अबु हसेराले घरको नाममा केवल ध्वस्त भएका संरचना मात्रै देखिए पनि आफन्त र प्रियजनसँग आफ्नो थातथलोमा फर्कन पाउँदा खुशी भएको बताउनुभएको छ । हमासले प्यालेस्टाइनीका लागि फिर्तीलाई विजय भनेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका २४ लाख जना नागरिकलाई इजिप्ट र जोर्डनमा पठाएर गाजा सफा गर्ने भन्दै दिएको अभिव्यक्तिको अरब देश, प्यालेस्टाइन, हमास र जिहादी समूहले विरोध गरेका छन् ।

‘ट्रम्प र सम्पूर्ण विश्वलाई भन्छौँ– हामी प्यालेस्टाइन वा गाजा छोड्ने छैनौँ, चाहे जे भए पनि’, विस्थापित गाजा निवासी रशाद अल–नाजीले भन्नुभएको छ । यस्तै इस्लामिक जिहादले आफ्ना नागरिकलाई विस्थापित गर्ने सपना देख्नेहरूले नराम्रो झड्का बेहोर्ने चेतावनी दिएको छ ।

यसैगरी प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले गाजाबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने उद्देश्यले आउने कुनै पनि परियोजनाको कडा अस्वीकार र निन्दा गर्ने बताउनुभएको छ । यस्तै हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नाइमले प्यालेस्टाइनीहरूले यस्ता परियोजनाहरूलाई विफल पार्ने बताउनुभएको छ ।

यसैगरी अरब देशहरूले पनि गाजाका नागरिकलाई अरू देशमा सार्ने कुरा अर्को विपत्ति हुन सक्ने भन्दै यस्ता अभिव्यक्ति नदिन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group