ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताप्लेजुङ झडपः प्रहरीको गोली लागेका २ घाइतेलाई काठमाडौँ लाने तयारी


एबीसी न्यूज
माघ १३, २०८१ आईतबार  ११ : ३३ बजे

काठमाडौं १३ माघ । ताप्लेजुङमा पाथीभरा केबुलकारको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा गोली लागेर गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि राजधानी काठमाडौँ लाने तयारी भइरहेको छ।

पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच शनिबार साँझ झडप हुँदा चार जना घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ।

गम्भीर घाइते ३ जनालाई उपचारका लागि विराटनगर ल्याइएको छ।

जसमा तेह्रथुमका यमबहादुर लिम्बु र पाँचथरको मिक्लाजुङ गाउँपालिका सगुन लावतीलाई प्रहरीको गोली लागेको हो। उनीहरूलाई विराटनगरबाट थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भइरहेको हो।

सुरुमा प्रहरीले झडपमा गोली नहानेको दाबी गरे पनि आज ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोली चलेको स्वीकार गरेका हुन्।

घाइतेमध्ये गोली लागेका दुई जनालाई सेनाको हेलिकप्टरबाट सुविधा सम्पन्न अस्पतालमा लानेगरी समन्वय भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए। अहिले भने घाइतेहरू विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत छन्।

घाइतेमध्ये ताप्लेजुङको फुङलिङ नगरपालिकाका धर्म पालुङ्वा भने भाग्ने क्रममा लडेर घाइते भएको प्रमुख जिल्ला अधिकारी शर्माको दाबी छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी र सार्वजनिक खरिद अध्यादेश जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com