ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले अवरोध गरेपछि सडकमै रोकिए विस्थापित प्यालेस्टिनीहरू


एबीसी न्यूज
माघ १३, २०८१ आईतबार  ८ : ४८ बजे

काठमाडौं १३ माघ । गाजापट्टीको उत्तरमा रहेका हजारौँ विस्थापित प्यालेस्टिनीलाई आफ्नो घर फर्कनबाट रोक लगाइएको छ।

इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि उनीहरू घर फर्किन नपाएका हुन्।  शनिबार हमासले ४ इजरायली महिला सैनिक मुक्त गर्‍यो भने बदलामा इजरायलले २ सय प्यालेस्टिनी कैदी रिहा रिहा गर्‍यो।

तर इजरायलले इजरायली नागरिक अर्बल येहुद रिहा नगरेसम्म गाजाका बासिन्दालाई उत्तरतिर जान अनुमति नदिने अडान लिएको हो।

शनिबार अर्बल पनि रिहा गरिनुपर्ने इजरायलको भनाइ थियो।

हमासले भने उनी जीवित रहेको र अर्को हप्ता रिहा हुने आश्वासन दिएको छ।

सम्झौताअनुसार, हमासले सैनिकहरू भन्दा पहिले सर्वसाधारणलाई रिहा गर्नुपर्ने थियो।

इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ।

यही जनवरी १९ देखि हमास र इजरायलबीच युद्धविराम भएको छ।

युद्धविराम सम्झौतामा एकअर्काका बन्धकरकैदी नागरिक क्रमशस् रिहा गर्ने सहमति भएको छ।

सोबमोजिम शनिबार उनीहरूले दोस्रोपटक कैदीरबन्दी आदानप्रदान गरेका हुन्।

यसअघि पहिलोपटक हमासले ३ इजरायली महिला बन्धक छाड्दा इजरायलले ९० प्यालेस्टिनी कैदी रिहा गरेको थियो।

बीबीसीका अनुसार युद्धविरामको पहिलो चरणअन्तर्गत ६ हप्ताको अवधिमा हमासले कूल ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको छ।

यसरी हमासले बन्धक छाडिरहँदा नेपाली विद्यार्थी विपिन पनि छाडिने आशा उनको परिवारले गरिरहेको छ।

विपिनकी आमाको गुहार स् युद्धविरामको अवसर नगुमोस्, छोरालाई घरमा हेर्न पाऊँ
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो।

हमास आक्रमणमा १२०० इजरायली मारिए भने यस क्रममा २५१ इजरायली नागरिकलाई हमासले बन्धक बनाएको थियो।

त्यसयता इजरायले गाजामा गरेको आक्रमणमा परी हालसम्म ४७ हजार २०० प्यालेस्टिनीको मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com