ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कृ’ का आरजेलाई भ्याईनभ्याइ


admin

भीमदत्तनगर, १ चैत ।

म राजा बन्थे तिम्रो, तिमी मेरो रानी,
यतियति पानी, गंगा रानी,
बालुवाको महल हुन्थ्यो, ढुंगाको छोरा–छोरी
हामी जोडी भए, जिस्काउँथे मोरा–मोरी

साथीभाइ जम्मा पार्ने सधँै काम मेरै हुन्थ्यो,
तिम्रो हात पल्टाई हेरे नाम मेरै हुन्थ्यो,
सबले जिस्काउँदा नामले मेरो रुन्थ्यौँ जानी–जानी,
यति यति पानी गंगा रानी …

नेपाली सांगीतिक क्षेत्रमा चलचित्र ‘कृ’ को यो गीतले पाएको चर्चासँगै मिस्टर आरजे (राजेन्द्र भट्ट) पनि चर्चामा छन् । युट्युबमा ८७ लाखभन्दा बढी पटक हेरिएको चलचित्र ‘कृ’को यो गीतमा मिस्टर आरजेले शब्द, संगीतसँगै -याप दिएका थिए ।

गीतकै कारण पनि उक्त चलचित्र पछिल्लो समय बढी चर्चामा रहेपछि आरजेको समेत सांगीतिक क्षेत्रमा माग बढेको छ । योसँगै उहाँको एकाएक चर्चा चुलिएको छ ।

यसअघि पनि थुप्रै म्युजिक भिडियो र चलचित्रका धेरै गीतमा शब्द, संगीत र -याप दिइसक्नु भएका आरजे यतिबेला प्रदेश नं ७ मा भइरहेका विभिन्न मेला, महोत्सवमा माहोल तताइरहनुभएको छ ।

“यतियति पानी बोलको गीत यति धेरै चर्चामा आउला भन्ने सोचेको थिएन”, कञ्चनपुरको दोधारा–चादँनी घर भएका मिस्टर आरजेले भन्नुभयो, “मैले दोधारा–चाँदनीमा बिताएको बाल्यकाल सम्झेर गीत लेखेको हुँ ।”

प्रेम र द्वन्द्वमा आधारित चलचिल ‘कृ’मा उक्त गीत आउनुअघि बजारमा आएको ‘कम्मरको ट्याटुले’का कारण आरजे चर्चामा आइसक्नुभएको थियो । उक्त गीतमा ‘बाबा’को भूमिकामा देखिनुभएका आरजेलाई पछिल्लो समय दर्शकले ‘आरजेबाबा’ भनेर सम्बोधन गर्ने गरेका छन् । ‘कम्मरको ट्याटुले’ बोलको गीत युट्युबमा छोटो समयमै ४० लाखभन्दा बढीले हेरिसकेका छन् ।

“छोटो समयमै युट्युब टे«न्डिङभित्र पर्ने यो पहिलो गीत हो”, आरजेले भन्नुभयो, “यो गीतले पनि राम्रै बजार पाएको छ ।”

‘कृ’को गीतपछि उहाँ पाँचवटा चलचित्रमा शब्द, संगीत र -यापका लागि अनुबन्धित भइसक्नुभएको छ । “म्युजिक भिडियोका लागि माग धेरै ठाउँबाट आएको छ,” आरजेले भन्नुभयो ।

विसं २०६७ देखि कलाकारिता क्षेत्रमा संलग्न हुनुभएका आरजेले केही समय महेन्द्रनगरमा रेडियो पत्रकारितासमेत गर्नुभएको थियो । काठमाडौँ बसाइ बनाएपछि ‘श्रीसंगीत पाठशाला’मा संगीतको ज्ञान आर्जन गर्न पुग्नुभएका आरजे अझै संगीत सिकिरहेको बताउनुहुन्छ ।

“भर्खरै १० वटा म्युजिक भिडियोको काम सकेर आए”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमको मौलिक भाकालाई पनि आधुनिक लोक पपमा समेट्दा प्रदेश नं ७ मा मेरो बढी बोलावट हुन थाल्यो ।”

‘धौलीको ब्या’, ‘दारु सड्काउने’ ‘आमैले भन्थिन्, धाराको पानी’ लगायतका गीतमा डोटेली भाषालाई -याप बनाएर पस्किएका कारण गीत बढी चर्चामा आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “युवापुस्ताले आरजेलाई हरेक गीतसंगीतमा खोज्न थालेका छन् ।”

गिती एल्बम ‘राश’मा शब्द संगीत दिएर यस क्षेत्रमा प्रवेश गर्नुभएका आरजे गुगल र युट्युबमा हेर्दै –याप सिकेको बताउनुहुन्छ । “पहिलेकोे -यापमा नाच्न सकिने खालका धेरै कम गीत थिए,” उहाँले भन्नुभयो, “नाच्न सक्ने ट्रेण्डका -याप गीत हामीले नै बजारमा पस्केका हौँ ।”

नेपाली सांगीतिक क्षेत्रमा चल्तीका अधिकांश कलाकारसित काम गरिसक्नुभएका आरजे अनुबन्धित पाँचवटा चलचित्रको काम सकेर अझै नौलो सांगीतिक प्रस्तुति बजारमा ल्याउने तयारीमा हुनुहुन्छ । हालसम्म देशभरका करीब दुई हजार ५०० भन्दा बढी मेला-महोत्सवमा स्टेज कार्यक्रम गरिसक्नुभएका आरजे जनचाहनाअनुसार गीत बनाउँदै जाने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com