ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथिभरामा ग्लोबल आइएमइको केवलकार निर्माण विवादः प्रहरीले १२ सेल अश्रुग्याँस प्रहार गर्दा कैयौं घाइते


एबीसी न्यूज

 

।

विराटनगर १२ माघ । ताप्लेजुङ पाथिभरामा ग्लोबल आइएमई समूहले बनाउन लागेको केबलकारको विरोधमा उत्रिएका स्थानइय बासिन्दा र र प्रहरीबीच झडप भएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्लेपार्टीभन्दा केहीमाथि पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा रहेकाहरूबीच झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रूग्यास प्रहार गरेको थियो । झडपका कारण पाथीभरा माताको दर्शनका लागि पुगेका यात्रु केही समय बाटोमै रोकिनु परेको थियो ।

पाथीभरा जाने केबलकारको निर्माणको काम मंगलबारबाट सुरु भएको थियो । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलका अनुसार केबलरकार निर्माणको विरोधमा रहेकाहरू संगठित रूपमा रोक्ने तयारीसहित भेला भएका थिए । त्यही क्रममा प्रहरी पुगेपछि झडप भएको हो ।

डीएसपी रावलले स्थानिय पहिचान पक्षधरको समूहलाई तितरबितर पार्न नेपाल प्रहरीले ५ र सशस्त्र प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जानकारी दिए । आन्दोलनरत पक्षले आन्दोलनका लागि ल्याएको खुकरी र गुलेली पनि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् भने अर्काथरिले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज गर्ने र ताप्लेजुंगको पर्यटकीय महत्व अरु बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन् ।

पाथीभरा देवीको मन्दीर ताप्लेजुङमा २ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।

पाथीभरा देवी मन्दिर जानका लागि केवल कार निर्माण गर्ने निर्णय भएसँगै चार वर्षदेखि सो क्षेत्रमा आन्दोलन हुँदै आएको छ । सो क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै पटक पटक पहिचान पक्षधरहरूले ज्ञापन पत्र बुझाउँदै आएका छन् ।

पाथीभरा दर्शन केवलकार प्रा.लीले पाथीभरामा जाने केवलकार निर्माण गर्ने अनुमति पाएको छ । सो कम्पनीलाई सरकारले केवल कार निर्माणका लागि ४.९७ हेक्टर जमिन दिने निर्णय गरेको छ ।

पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केवलकार बन्नेछ । केवलकार निर्माणका लागि २ अर्ब ५५ करोड लागत अनुमान गरिएको छ । पाथीभरा दर्शन केबलकार प्रा .लिले भने सरकारी अनुमति प्राप्त भएकाले १३ महिनाभित्रमा केबलकार निर्माण सम्पन्न गर्ने बताउँदै आएको छ।सो कम्पनी व्यवसायी चन्द्र ढकाल नेतृत्वको आइएमइ ग्रुपको हो ।

केवलकार निर्माण हुँदा ताप्लेजुङका तीन वटा पालिकामा प्रभाव पर्ने छ । ती मध्ये फुङ्लिङ्ग नगरपालिकाका मेयर र श्रीजङ्गा गाउँपालिकाका मेयरले भने केवलकार निर्माण भए यस क्षेत्रको विकास हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

सम्बन्धित

‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com