काठमाडौं १२ माघ । युक्रेनले कम्तीमा १२१ ड्रोन प्रयोग गरेर रुस र मस्कोको रियाजानमा रहेको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको दाबी गरेको छ।
रुस र युक्रेनबीच जारी युद्धमा यसलाई आफ्नो किसिमको एक मात्र ठूलो अपरेसनका रूपमा वर्णन गरिएको छ। बीबीसीले प्रमाणित गरेको भिडिओ फुटेजमा मस्कोको दक्षिण(पूर्वमा रहेको रियाजान क्षेत्रमा रहेको रिफाइनरी र पम्पिङ स्टेसनमा आगो लागेको देखिन्छ।
यसैबीच रुसले मस्को र रियाजानसमेत गरेर १३ क्षेत्रमा १२१ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। तर रुसले कुनै पनि क्षतिबारे जानकारी दिएको छैन।
अर्कातर्फ युक्रेनले पनि किभको एक आवासीय भवनमा रुसले गरेको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएको छ।








प्रतिक्रिया दिनुहोस्