ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाराष्ट्र रेल दुर्घटना, मृत्यु भएका नेपालीको संख्या ७ पुग्यो


एबीसी न्यूज
माघ ११, २०८१ शुक्रबार  २ : ५६ बजे

काठमाडौं ११ माघ । यही माघ ९ गते  जनवरी २२ साँझ भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा मृत्यु भएका नेपालीको संख्या ७ पुगेको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी उक्त रेल दुर्घटनामा परी मृत्यु भएका ७ नेपालीको नाम सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार दुर्घटनामा ४३ वर्षीया कमला नवीन भण्डारी ९कैलाली०, ४० वर्षीय लछिराम पासी ९कैलाली०, ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा ९मंगलसेन, अछाम०, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीय मैसारा कामी विश्वकर्मा ९मंगलसेन, अछाम०, ६० वर्षीय जोक्ला उर्फ कला कामी ९कमलबजार, अछाम० र ३२ वर्षीय राधेश्याम राध ९डँडुवा, बाँके० को मृत्यु भएको हो।

यस्तै दुर्घटनामा घाइते भएका ४ जना नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते १ जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ७ नेपालीसहित १३ जनाको मृत्यु भएको हो। यो रेल दुर्घटना बुधबार साँझ भएको हो।

१२५३३ नम्बरको पुष्पक एक्सप्रेस रेल लखनऊबाट मुम्बई जाँदै थियो। यस क्रममा उक्त रेल पाचोरा स्टेसननजिकै महेजी र पार्धाडेबीच ट्र्याकमा रोकियो।

यहीबीच रेलमा आगो लागेको हल्ला फैलियो। जसबाट आत्तिएर यात्रुहरू रेलको डिब्बाबाट धमाधम अर्को लिकमा हाम फाल्न थाले। यसैबीच सोही लिक भएर बेंगलुरुबाट नयाँ दिल्लीका लागि १२६२७ नम्बरको कर्नाटक एक्सप्रेस रेल हुँइकिएर आउँदै थियो। जसमा किचिन पुगे हाम फालेका यात्रुहरू।‍

प्रत्यक्षदर्शी मुम्बईका ट्याक्सी चालक साबिर र लखनऊका राजीव शर्माले भनेका छन्, ‘हामी पुष्पकको स्लिपर कोचमा थियौँ। रेल रोकिएपछि म बाहिर निस्किएँ। केही मानिसहरू दौडिरहेका थिए र चिच्याइरहेका थिए( आगो लाग्यो, बाहिर निस्किनुहोस्। हाम्रो डिब्बामा पनि आतंक थियो। सबै महिला र केटाकेटी तल ओर्ले र भाग्न थाले। मेरो साथी पनि लडेर घाइते भयो। यसैबीच अगाडिबाट एउटा रेल आयो र मानिसहरूलाई कुल्चँदै गयो।’

एक वरिष्ठ रेलवे अधिकारीले दिएको प्रारम्भिक जानकारीअनुसार पुष्पक एक्सप्रेसको कोच भित्र ‘तातो एक्सल’ वा ‘ब्रेक–बाइन्डिङको कारणले गर्दा झिल्काहरू निस्किएका थिए। जसका कारण केही यात्रु आत्तिए र तल हाम फाले।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com