ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू-१९ विश्वकप : नेपालविरुद्ध मलेसिया ४५ रनमा अलआउट


एबीसी न्यूज

काठमाडौं ११ माघ । आईसीसी यू(१९ विश्वकप क्रिकेटमा नेपाललाई मलेसियाले ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।  जोहर क्रिकेट एकेडेमी ओभल, जोहरमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया १६।५ ओभरमा ४५ रन बनाउँदा अलआउट भएको हो।

मलेसियालाई ४ ओभर खेल्न बाँकी हुँदै अलआउट गर्दा नेपालकी कप्तान पूजा महतोले ४ तथा रचना चौधरीले ३ विकेट लिए। सीमाना केसी र रिया शर्माले समान एक विकेट लिँदा एक विकेट रन आउट गराएको थियो।

मलेसियाका लागि नुरिमानले १५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले ५ रन माथि बनाउन सकेनन्। मलेसियाका तीन ब्याटर शून्य रनमै आउट भए।

नूर इज्जातुल स्याफिका ४ तथा ऐन र ब्याट्रिसियाले समान १ रन बनाए।

त्यसअघि नुनीले ४ रन बनाउँदा हुस्ना र कप्तान नूर दानिया सुहादाले समान ५ रन बनाए।

नेपाल समूह डी मा र मलेसिया समूह ए मा रहेका थिए। तर दुवै टोली सुपर ६ बाट बाहिरिएकाले प्लेअफमा भिड्न लागेका हुन्।

नेपाल यसअघि समूहमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो।

उता मलेसिया भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो। आज दुवै टोली सान्त्वना जितको खोजीमा छन्। मलेसिया आयोजकका रूपमा पहिलो पटक विश्वकपमा सहभागी भएको हो। नेपाल भने एसिया छनौटबाट विजयी हुँदै विश्वकपमा पुगेको हो।

प्लेअफपछि चार टोलीको १३ औँदेखि १४ औँ स्थानसम्म तय हुनेछ। १२ टोली भने दुई समूहको सुपर ६ मा पुगेका छन्।

नेपालले अब जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्चमा : अन्तरिम आदेशको माग

प्रचण्ड नेतृत्वको नेकपाले गण्डकीमा को–कोलाई उम्मेदवार बनायो (सूची)

सम्बन्धित

ओलीविरुद्ध मुख्य रूपमा मोर्चा कसेकालाई पन्छ्याइयो

‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’–विष्णु रिजाल

आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्चमा : अन्तरिम आदेशको माग

जनमतलाई हराएका सांसद नै जनमतमा : सिरहा–४ मा डा. वीरेन्द्र प्रसाद महतोको ‘घुम्ती यात्रा’

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

प्रचण्ड नेतृत्वको नेकपाले गण्डकीमा को–कोलाई उम्मेदवार बनायो (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com