ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ करोड हिनामिनाको अभियोग सामना गर्न रवि रुपन्देहीमा


एबीसी न्यूज

काठमाडौं ९ माघ ।  प्रिम सहकारी ठगीको अभियोग सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही पुगेका छन्। मंगलबार भैरहवा विमानस्थल हुँदै गएका लामिछाने बुधबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनेछन्।

बुधबार १० बजेअघि नै उनी अदालतमा उपस्थित हुने तयारी छ। बुधबार नै पेसी तोकेर अदालतमा उनको बयान सुरु हुनेछ। बयान छिट्टै सकिए थुनछेक बहस समेत बुधबार नै हुनेछ। बहस सकिनासाथ उनलाई थुनामा राख्ने कि थुनाबाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ।

सुप्रिम सहकारी ठगीमा २२ जनालाई प्रतिवादी बनाउँदै गत आइतबार नै जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भइसकेको छ। तर अभियोग अदालतमा पेस गर्दा एकजना पनि प्रतिवादी साथमा थिएनन्। पूरक अभियोगमा प्रतिवादी बनाइएका अभियुक्तमध्ये रवि नै अदालतमा उपस्थित हुने पहिलो अभियुक्त हुन्।

पूरक अभियोगमा कुमार रम्तेल, शिवबहादुर गुरुङ, छविलाल जोशी, रवि लामिछाने, लक्ष्मीप्रसाद पौडेल, दिपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, नरेश जिसी, गितेन्द्रबाबु राई, भुपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारीलाई प्रतिवादी बनाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले अभियोगमा यीमध्ये २० जना फरार रहेको उल्लेख गरेको छ। दुईजना मात्रै फरारको सूचीमा छैनन्। कुमार रम्तेल र शिवबहादुर गुरुङ कास्की कारागारमा रहेको उल्लेख छ।

तर यसअघि नै अनुसन्धानका क्रममा बयान दिन कास्की प्रहरीको हिरासतबाट लगिएका पूर्वगृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक डीआईजी छविलाल जोशीलाई पनि फरार जनाइएको छ।

रवि र छवि जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रहरी कार्यालयमै कागज गरेर पुस २५ गते रिहा भएका हुन्। तर उनीहरू कास्कीको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा छुटिजाने भएमा आफूलाई जिम्मा लगाइदिन रुपन्देहीले कास्की प्रहरीलाई पत्राचार गरेको थियो।

अन्य जिल्लाका प्रहरीको पत्राचार अनुसार नै जिल्ला सरकारी वकिल कार्यालयले पनि अभियोगपत्रमा सूर्यदर्शन सहकारी ठगीको मुद्दामा पुर्पक्षमा नगएर छुटी जाने भएमा प्रहरीकै जिम्मा लगाइदिन माग गरेको थियो। सरकारी वकिलको उक्त मागका विषयमा कास्की अदालतले केही पनि बोलेन। अदालतले नबोलेपछि प्रहरीले पनि रविलाई उनकै पत्नी निकिता र छविलाई रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको जिम्मामा रिहा गरेको थियो।

पोखरामा ६५ लाख धरौटी बुझाएर रिहा भएको दुई दिनपछि लामिछाने जिल्ला अदालत काठमाडौँमा हाजिर भए। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा अदालतले उनीसँग ६० लाख धरौटी माग गर्‍यो। रवि धरौटीमा रिहा भएको एक सातापछि छवि पनि अदालतमा आफैँ उपस्थित भए। उनलाई पनि अदालतले ५० लाख धरौटी माग गर्‍यो। उनी पनि त्यसैदिन धरौटी बुझाएर रिहा भइसकेका छन्।

रवि अघिअघि र छवि पछिपछि आफूमाथि लागेको अभियोगको सामना गर्दैछन्। प्रहरीले नै जिम्मा लगाएर रिहा गरिएका रवि र छवि बुटवलको सुप्रिम सहकारीको अभियोगमा अझै फरार करार छन्।

अदालतले खोज्ने छ रविसँग १३ करोड हिनामिनाको जवाफ
पूरक अभियोगमा प्रतिवादी बनाइएका २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूबाट सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा ९१० बमोजिम सहकारी संस्थालाई बिगो भराई पाउन माग गरिएको छ।

मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम प्रतिवादीहरूको नाममा रहेको सम्पत्तिको हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न पनि आदेश माग गरिएको छ।

हरेक प्रतिवादीको कहाँकहाँ संलग्नता देखिएको छ भन्ने पनि अभियोगमा खुलाइएको छ। रवि लामिछाने यसमध्ये १३ करोड रुपैयाँको हिनामिनामा संलग्न रहेको अभियोग छ। यसमध्ये ४ करोडभन्दा बढी रविको भागमा बिगो कायम हुनेछ।

उनले गोर्खा मिडिया नेटवर्कमा सेयर लिँदा २ करोड रुपैयाँ सुप्रिम सहकारीबाटै भुक्तानी भएको पाइएको छ। सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा रवि लामिछानेका नाममा रकम जम्मा भएको सहकारी संस्थाको लेखा हिसाब राख्ने जीसीएस बैंकिङ सफ्टवेयर प्रणाली, डे बुक तथा आन्तरिक भौचर र ऋण सम्बन्धी आन्तरिक पत्र समेतबाट खुलेको अभियोग छ।

लामिछाने समेत सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न मितिमा गरी कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ लगेर हिनामिना गरेको आरोप छ। उक्त रकम सहकारी संस्थालाई फिर्ता गरेको नदेखिएको अभियोगमा भनिएको छ।

रविले सहकारी संस्थामा रकम तिर्न पर्ने थिएन भनेर बयान दिए पनि उनकै दस्तखतबाट सञ्चालन हुने गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको चेक मार्फत २०७८ पुस २२ गते ४० लाख ९२ हजार रुपैयाँ सहकारीका नाममा जारी गरेको प्रमाण प्रहरीले फेला पारेको थियो।

सहप्रतिवादी कुमार रम्तेलले बयान गर्दा गोर्खा मिडिया नेटवर्कमा रकम लैजाने मानिस र रवि लामिछानेको नाममा रकम लैजाने व्यक्ति एकै हुन् भनी पोल खोलेका छन्।

रविले सहकारी संस्थाबाट रकम जम्मा भएको भौचरमा रकम जम्मा गर्ने व्यक्ति रवि लामिछाने र रोशनी गुरुङ उल्लेख छ।

रोशनीले मूल अभियोग पत्रको बयानमा रवि लामिछानेको नाम राखेको भनी लेखाएको, गोर्खा मिडिया नेटवर्कमा २०७८ वैशाख ५ गते ग्लोबल आईएमईआई बैंकको भौचरमा एक करोड जम्मा भएको बैंक स्टेटमेन्टबाट देखिने उल्लेख छ।

यसअघि प्रहरी र सरकारी वकिलसमक्ष बयान गर्दा आफ्नो संलग्नता इन्कार गरेका रविले बुधबार अदालतमा पनि यी प्रश्नको सामना गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

सर्वोच्चले उल्ट्यायो खोला किनारको २० मिटर मापदण्ड : काठमाडौंका नदी–खोला क्षेत्रमा अब निर्माण सहज

सम्बन्धित

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

सर्वोच्चले उल्ट्यायो खोला किनारको २० मिटर मापदण्ड : काठमाडौंका नदी–खोला क्षेत्रमा अब निर्माण सहज

धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, आयोगले सरकारलाई गरायो जानकारी

कांग्रेस विवादमा ब्रेक : गगन-शेखरबीच सहमति पक्का

गगन-शेखर मिलेर जाने सहमति : सुनिल शर्माको दाबी, कांग्रेस एकताको नयाँ अध्याय सुरु ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com