ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीभित्र सर्वसम्मतिको आदेश अस्वीकृत, धमाधम हुन थाले चुनाव


एबीसी न्यूज

काठमाडौं ९ माघ । नेकपा माओवादी केन्द्रलाई अझै पनि धेरैले ताली बजाएर नेतृत्व छान्ने पार्टीका रूपमा हेर्छन्।  १० वर्ष भूमिगत भई १७ वर्षदेखि संसदीय राजनीति गरिरहेको माओवादीले नेतृत्व चयनमा अपनाउने विधि हुन्थ्योे– ‘सर्वसम्मति’।

बरु महिनौँ अधिवेशनबाट नेतृत्व चयन नहोस् तर सहमतिबाटै नेता छान्ने प्रयास माओवादीले गर्दै आएको थियो। पार्टीका तल्ला कमिटी र भातृ संगठनहरूमा पनि सहमति गर्न उपल्ला नेताहरूले दबाब दिने गर्थे।

तर, अब त्यस्तो दबाबले माओवादीका संगठनात्मक संरचनाहरूमा काम गर्न छाडेको छ। त्यसैको पछिल्लो उदाहरण हो, अखिल क्रान्तिकारी०।

सर्वसहमतको प्रयास गरिरहेका नेताहरू केही सीप नचलेपछि चुनावमै जान तयार भएका छन्। अब माघ १२ गते नयाँ नेतृत्वमा चुनाव हुँदैछ।

अध्यक्ष, उपाध्यक्ष र महासचिव सहित सबै पदमा बेग्ला– बेग्लै समूहको उम्मेदवारी परेपछि क्रान्तिकारीमा सहमतिको सम्भावना टरेको छ।

मंगलबार ९माघ ८० बसेको माओवादी पदाधिकारी बैठकले चुनावी प्रक्रियामा जाने विषय अनुमोदन गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए।

‘चुनाव लड्न चाहने इच्छुक साथीहरूलाई उम्मेदवारी दिन नरोक्ने निर्णय भएको छ,’ शर्माले भने, ‘पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्दैन। विद्यार्थी फ्याक्सन इन्चार्जले सहमति गराएर ल्याए ठिकै छ, नत्र निर्वाचन गराएर नयाँ नेतृत्व चयन गर्ने।’

क्रान्तिकारीका विषयमा गरेको यो निर्णय माओवादी केन्द्रमा नेतृत्व चयनमा आएको बदलाव हो। यसअघि, पार्टी, जनवर्गीय संगठन, विभिन्न निकायको नेतृत्व चयन सर्वसम्मतिबाट गर्ने गरेको माओवादी अब भने विस्तारै चुनावतिर अघि बढेको बागमती प्रदेश सदस्य सरल सहयात्री बताउँछन्।

‘हाम्रो पार्टी चुनावमा गइसक्यो, अब मानिसले पहिल्यै मानसिकता बनाएर चुनावको लागि तयारी गर्न थालिसके,’ उनले भने, ‘हाम्रो पार्टीको निर्वाचन कमिटी पूर्णरूपमा सक्रिय भएको छ।’

माओवादीको माथिल्लो तहका चुनाव भएको बागमती प्रदेश समिति चयनमा हो। त्यसअघि अखिल क्रान्तिकारीको केन्द्रीय नेतृत्वको लागि चुनाव भएको थियो।

सहमतिको नाममा नेताका अनावश्यक दबाब कसैले नथेग्ने भएर पार्टी चुनावतिर लतारिएको सरलको बुझाइ छ।

‘अब माओवादी पार्टीभित्र चुनावी प्रतिस्पर्धा स्वाभाविक बनेको छ,’ सरलले भने।

उनी २०७८ पुस ५ गते चुनावी प्रक्रियाबाट बागमती प्रदेश अध्यक्ष निर्वाचित भएका थिए। त्यसलगत्तै भएको पार्टीको महाधिवेशनमा चुनाव नभई प्रचण्ड सर्वसम्मत अध्यक्ष चयन भए। यसले नेताहरू असन्तुष्ट बने। जबकि, चुनावमा उठ्ने मानसिकता बनाएर कतिपयले तयारी गरेका थिए। तर, सफल भएनन्।

उपमहासचिव जनार्दन शर्माले नेतृत्व चयनमा लोकतान्त्रिक प्रक्रिया अपनाउनुपर्ने लगायतका माग राखेका थिए। यद्यपि, सबैतिर अझै पनि चुनाव हुन सकेको छैन।

चुनावमै जान बाध्य
२०८० फागुन १ र ३ मा भएको विधान अधिवेशनपछाडि पार्टीका सबैतिर चुनाव गर्ने वातावरण बन्न थालेको सहयात्री बताउँछन्।

फागुन १–३ सम्म चलेको पहिलो विधान अधिवेशनले प्रत्यक्ष चुनावबाट नेतृत्व चयन गर्ने विषय अघि सारेको हो। खुला र समानुपातिक क्लस्टर छुट्याएर प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन माओवादीको सो निर्णयले नेता कार्यकर्ता खुसी भएका थिए।

यसको मुख्य योजनाकार उपमहासचिव जनार्दन शर्मा हुन्। शर्माले पार्टीभित्र प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्नुपर्ने भन्दै ७ बुँदे फरक मत राखेका थिए।

पदाधिकारीलगायत समितिका सबै सदस्य प्रत्यक्ष निर्वाचित हुनुपर्ने, उमेर हदको पनि व्यवस्था गर्नुपर्ने, एउटै पदमा दुईपटक भन्दा दोहोरिन नपाइने र तलका कमिटीलाई कार्यकारी बनाउनुपर्ने शर्माको प्रस्ताव थियो। सोही प्रस्ताव अनुसार अध्यक्ष प्रचण्डले विधान अधिवेशनमा प्रत्यक्ष चुनावमा जाने घोषणा गरेका थिए।

‘पार्टीभित्र आदेशात्मक सर्वसम्मति भन्ने हुँदैन, प्रक्रियामा जानैपर्छ। प्रक्रियामा गएर निर्विरोध हुनसक्छ,’ उनले थपे, ‘पहिला त्यस्तो हुँदैनथ्यो। सरर जाने, निर्वाचन आयोग थपना राख्ने र घोषणा गर्ने। अहिले निर्वाचन आयोग सक्रिय हुन्छ। उसले उम्मेदवारसँग शुल्क लिएर फाराम भराउँछ। अनि उम्मेदवारी फिर्ता लिने समय दिन्छ। फिर्ता भए निर्विरोध चुनिन्छ नभए आयोगले आफ्नो समयमा चुनाव गराउँछ।’

माओवादी सचिव दीनानाथ शर्मा पनि सहमतिको प्रयास जारी राख्दै प्रक्रिया पनि सुरु गरिएको बताउँछन्।

‘पार्टीमा लोकतान्त्रिक विधि अपनाउन थालेका छौँ, सहमति भए सहमति नभए चुनाव। त्यो त पार्टीको पहिलेदेखिकै नीतिगत निर्णय हो,’ शर्माले भने, ‘कतिपय प्रदेशहरूमा चुनावबाटै प्रतिनिधि छनौट गरेका थियौँ। सबै तहमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नेमा पार्टी पुगेको छ।’

रञ्जित तामाङ अनिल शर्मालाई चुनावबाटै हराएर निर्वाचित भएका हुन्। तर, त्यसपछि बल्ल क्रान्तिकारीको चुनाव हुँदैछ। ३२ वर्षे उमेर हद लगाएपछि क्रान्तिकारी चुनाव गरेर नयाँ नेतृत्व छान्दैछ।

‘पहिला केही ठाउँमा छिटपुट मात्र चुनाव भएका थिए। अधिकांश ठाउँमा सर्वसहमति गर्न दबाब दिन्थे। अब भने सहमति गरौँ पनि भनेका छन् तर, धेरै ठाउँमा चुनावमै गएको छ,’ माओवादी केन्द्र बागमती प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले भने।

माघ ७ गते चुनाव गरेरै नुवाकोटको बेलकोटगढी नगर समितिको नेतृत्व चयन गरेको छ। गोकर्ण न्यौपाने नगर समिति अध्यक्षमा निर्वाचित भए।

‘सम्मेलनमा कहीँ निर्वाचनबाट र कहीँ सहमतिबाट नेतृत्व चुनिएको छ,’ सचिव शर्माले भने, ‘धेरैजसो ठाउँमा सहमतिबाटै टुंग्याउने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

सर्वोच्चले उल्ट्यायो खोला किनारको २० मिटर मापदण्ड : काठमाडौंका नदी–खोला क्षेत्रमा अब निर्माण सहज

सम्बन्धित

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो

सर्वोच्चले उल्ट्यायो खोला किनारको २० मिटर मापदण्ड : काठमाडौंका नदी–खोला क्षेत्रमा अब निर्माण सहज

धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, आयोगले सरकारलाई गरायो जानकारी

कांग्रेस विवादमा ब्रेक : गगन-शेखरबीच सहमति पक्का

गगन-शेखर मिलेर जाने सहमति : सुनिल शर्माको दाबी, कांग्रेस एकताको नयाँ अध्याय सुरु ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com